कस्ताे रहला निर्वाचनकाे दिन मौसम ?

काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन मौसम सामान्य बदली रहने जनाएकाे छ । विभागले निर्वाचनको दिन (मंसिर ४ गते) आंशिक बदली हुने जनाएको हाे । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
२०७९ मंसिर ०२ (शुक्रबार) : प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ भने प्रदेश नं १, वाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेकाे छ ।
२०७९ मंसिर ०३ (शनिबार) : प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेकाे छ भने, प्रदेश नं १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया