म्यांनमारमा ६ हजार कैदि रिहा
नेपालखोज
२०७९ मंसिर १ गते १६:५०

काठमाडौं । म्यानमारको सेनाले बिहीबार विदेशी नागरिकसहित ६ हजार कैदीलाई रिहा गरेको छ । एक शीर्ष सेना अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार पूर्व बेलायती राजदूत विकी बोमन, जापानी पत्रकार तोरु कुबोटा तथा आङ सान सुकीको अपदस्थ सरकारका अष्ट्रेलियाका सल्लाहकार सिन टर्नेललाई रिहा गरिएको छ ।
सन् २००२ देखि २००६ सम्म राजदूत रहेकी बोमनलाई अगस्टमा श्रीमानसहित हिरासतमा लिइएको थियो । उनी विदेशी नागरिक दर्ता कागजातमा रहेको ठेगानाभन्दा फरक ठेगानामा बस्दै थिइन् ।
बोमनलाई पतिसँगै प्रारम्भिक हिरासतमा राखेर जेल पठाइएको थियो । बोमनका पति टान लिन जो एक प्रसिद्ध कलाकार हुन पनि बोमनसँगै रिहा भएका छन । एक एएफपी पत्रकारले भनेका छन्- यो घोषणा पछि, याङ्गुनको इन्सेन जेल बाहिर रिहा भएकाहरुका आफन्तहरु भेला हुन थालेका छन् ।
सम्बन्धित

प्रतिक्रिया