चढ्यो ज्वरो विश्वकपको (फाेटाे फिचर)

काठमाडाैं । कतारमा भोलि मङ्सिर ४ गते प्रारम्भ हुने फिफा विश्वकप फुटबल प्रतियोगिता-२०२२ हेर्न संसारभरका फुटबलप्रेमीहरु अहिले दोहा पुग्न थालेका छन् । संसारभरका खेल पर्यटकहरुको बढ्दो भिडले अहिले दोहाको वातावरण पनि रंगिन बनेको छ ।

आ-आफ्नो देशको समर्थन गर्न कतार पुगेका फुटबलप्रेमिहरु अहिले दोहाका सडकहरुमा सम्बन्धित देशको झन्डा , जर्सि , ब्यानर आदिका साथ देखिन्छन् । त्यहाँ उनिहरु गाजाबाजाका साथ सडकमै नारा समेत लगाईरहेका छन । फुटबल प्रसंसकहरुमा पनि बेलायतिहरुको कुरा बेग्लै छ ।

बेलायति फुटबल प्रेमिहरु एक हद सम्म उपद्रोका लागि बदनाम समेत छन् । कतारमा अहिले उनिहरुको होहल्ला – हंगामा नियन्त्रण गर्न स्थानीय प्रहरी- प्रशासन लाई समेत हम्मेहम्मे परेको बताइन्छ । ब्रीटिस समर्थकहरु दोहाका सडकमा ढोल – नगारा आदि सहित देखिन्छन् ।

कतारमा अहिले विभिन्न देसको झन्डाको बिक्री पनि बढेको छ । भनिन्छ अहिले त्यहाँ अर्जेन्टिना , ब्राजिल , इग्ल्याण्ड , फ्रान्स तथा आयोजक कतारको झन्डाको माग बढि छ ।




प्रतिक्रिया