विश्वकप फुटबल – २०२२ कहाँ हुँदैछ खेल ?

नेपालखोज २०७९ मंसिर ४ गते १२:२०

काठमाडौं । यो प्रतियोगितामा करिब १५ लाख दर्शक सहभागी हुने आयोजकहरुको अनुमान छ । यद्यपि कतार घुम्न आउने पर्यटकका लागि १ लाख ७५ हजार कोठा मात्र छन् । सन् २०१९ मा कतारले एउटा क्रुज कम्पनीसँग सम्झौता गरेको थियो, जसमार्फत पानीमा तैरिने होटलहरू निर्माण गरिएका छन ।

यो प्रतियोगिताका लागि कतारमा ८ वटा स्टेडियम तयार गरिएको छ । यी सबै स्टेडियम एक अर्काबाट करिब एक घण्टाको ड्राइभमा छन् र बढीमा ४३ माइल टाढा छन् । यी ८ रंगशाला हुन् : लुसेल स्टेडियम (क्षमता – ८० हजार ) , अल बेट स्टेडियम (क्षमता – ६० हजार ) , स्टेडियम ९७४ (क्षमता – ४० हजार ) , खलिफा अन्तर्राष्ट्रिय स्टेडियम (क्षमता – ४५ हजार ) , एजुकेशन सिटी स्टेडियम (क्षमता – ४० हजार ) , अल थुमामा स्टेडियम (क्षमता – ४० हजार ) , अल जनुब स्टेडियम (क्षमता – ४० हजार ) तथा अहमद बिन अली स्टेडियम (क्षमता – ४० हजार ) । फिफा विश्वकप २०२२ को फाइनल खेल १८ डिसेम्बरमा लुसेल रंगशालामा हुनेछ जसको क्षमता ८० हजार छ ।

प्रतिक्रिया