अमेरिकी राष्ट्रपतिकी नातिनीले गरिन् ह्वाइट हाउसमा विवाह

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनकी नातिनी नाओमी बाइडेनले ह्वाइट हाउसमा आयोजित एक निजी समारोहमा पिटर निलसँग विवाह गरेकी छन् । मिडिया रिपोर्टहरु अनुसार उनिहरुले साउथ लनमा विवाह गरेका हुन् । एक दशकभन्दा बढी समयपछि ह्वाइट हाउसमा विवाह समारोह आयोजना गरिएको हो ।
यति मात्र होइन, ह्वाइट हाउसको इतिहासमा राष्ट्रपतिका नाति/नातिनीले त्यहाँ विवाह गरेको यो पहिलो अबसर हो । विवाह समारोह पछि दिबा भोजको आयोजना गरिएको थियो जसमा बाइडेन परिवारका नजिकका मानिसहरू सहभागी थिए। आफ्नी नातिनीको विवाहलाई लिएर उत्साहित राष्ट्रपति जो बाइडेन तथा उनकी पत्नी जिल बिडेनले नवदम्पतीलाइ बधाई दिए ।
राष्ट्रपति बाइडेनले ट्विट गर्दै भने- नाओमी र पिटरलाई शुभकामना, हामी तिमीलाई माया गर्छौं । नाओमी र पिटरले इन्स्टाग्राममा एक पोस्ट मार्फत २०२१ मै आफ्नो बिबाहको घोषणा गरेका थिए। यो पोस्टपछि उनिहरुका प्रशन्सकले कमेन्ट सेक्शनमा बधाई दिएका थिए भने वर्ष-२०२२ को सुरुमा उनिहरुले आफूले कहाँ बिबाह गर्ने भन्ने कुरा सार्वजनिक गरेका थिए ।
पछिल्लोपटक ह्वाइट हाउसमा २०१३ मा विवाह भएको थियो । त्यतिबेला राष्ट्रपतिका फोटोग्राफर पीट सुजा तथा उनका पार्टनर प्याटी लेगले रोज गार्डेनमा विवाह गरेका थिए । २८ वर्षीया नाओमी बाइडेनले कोलम्बिया ल स्कूलमा अध्ययन गरेकी छिन् भने २५ वर्षीय पिटर नीलले पनि कानूनको अध्ययन गरेका छन् ।
प्रतिक्रिया