मंगलबार, असार २४, २०८२

मतदान केन्द्रमा वृद्धको निधन

नेपालखोज २०७९ मंसिर ४ गते २१:३०

काठमाडाैं । तेह्रथुममा मतदान गर्न मतदान केन्द्रमा पुगेका एक वृद्धको निधन भएको छ । लालीगुराँस नगरपालिका–८ सोल्मास्थित रत्न मावि मतदान केन्द्रमा भोट हाल्न पुगेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मतदान केन्द्रमै निधन भएको हो ।

रत्न मावि मतदान केन्द्रको गेटमा पुगेपछि लिम्बू लडेका थिए । वृद्ध उच्च रक्तचापको बिरामी रहेको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जनाकारी दिए ।

प्रतिक्रिया