सप्तरी-२ मा सिके राउतको अग्रता,पछ्याउँदै जयप्रकाश ठाकुर
नेपालखोज
२०७९ मंसिर ५ गते ११:४४

सप्तरी । सप्तरी १ र २ को मतगणना सुरु भएको छ । सोमबार बिहान ९ बजेबाट मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिएका छन् ।
सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतले फराकिलो अग्रता लिएका छन् ।
अहिलेसम्म ९ सय २३ मतगणना हुँदा ६ सय २९ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरले १ सय ६९ मत पाएका छन् । जसपाका उपेन्द्र यादवले ५९ मत मात्रै पाएका छन् ।
मतपेटिका संकलन कार्य मध्यरात सम्पन्न भएको सप्तरी ३ र ४ को मतगणनाका लागि बिहान १० बजे सर्वदलीय बैठक बसी मतगणनाको समय तय गरी आजै गणना सुरु गर्ने निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
अहिले मतगणना जारी रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया