अपडेट : कांग्रेस ४४, एमाले ३६, माओवादी १३, र नेकपा (एस) ६ स्थानमा अगाडि
नेपालखोज
२०७९ मंसिर ६ गते ६:४६

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस तीन स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस ४४ वटा स्थानमा अग्रता कायम गरेको छ भने नेकपा (एमाले) ३६ स्थानमा अग्रस्थानमा छ ।
साथै, नेकपा (माओवादी केन्द्र) १३ स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टी ९ स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी ६ स्थानमा र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ६ स्थानमा अग्रता कायम गरेका छन् ।
आयोगका अनुसार प्रदेशसभामा हालसम्म कांग्रेस ३६ स्थानमा, एमाले ६१ स्थानमा अग्रस्थानमा छन् । साथै नेकपा (माओवादी केन्द्र) १५, राप्रपा ९, नेकपा (एकिकृत समाजवादी) १० स्थानमा अग्रता कायम गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया