सोमबार, वैशाख २९, २०८२

विश्वकप विशेष नोट तथा सिक्का

नेपालखोज २०७९ मंसिर ६ गते १०:१३

काठमाडाैं । विश्वका विभिन्न देशका फुटबलप्रेमीहरुको ध्यान अहिले यसमै केन्द्रित छ । फिफा विश्वकप-२०२२ को रोमाञ्च अबको एक महिना जारिरहनेछ । कतारमा सुरु भएको फिफा विश्वकपको तयारी देखेर सारा विश्व चकित छ । यसका स्टेडियमको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

य‍ो विशेष अवसरमा कतारको केन्द्रीय बैंकले विशेष नोट तथा सिक्का पनि जारी गरेको छ । उक्त विशेष नोट तथा सिक्कामा फिफा विश्वकप ट्रफी र कतार विश्वकप-२०२२ को लोगो अनि अर्कातर्फ लुसेल स्टेडियम र अल बायत स्टेडियमको तस्विर छ । यी दुवै रंगशाला उदघाटन र फाइनल खेल खेलाइने रंगशाला हुन् ।

यो विशेष नोट र सिक्कामा कतारको राष्ट्रिय प्रतीक, क्षितिज, जुबारा र ढो फोर्ट पनि देखिन्छ। कतारको केन्द्रीय बैंकले फिफा र सुप्रिम कमिटी फर प्रोजेक्ट्स एण्ड लिगेसीसँगको सहकार्यमा हालै फिफा र विश्वकपको लोगो भएको विशेष २२ कतारी रियाल नोट तथा सिक्का सार्वजनिक गरेको छ ।

नयाँ नोट र सिक्काले देशको फुटबल इतिहासलाई चित्रण गर्छ । यी नयाँ नोट तथा सिक्का आगन्तुकहरू का लागी राम्रो सोभिनियर साबित हुँदैछन् । एक तथ्यांक अनुसार फिफा तथा आयोजक कतारले यो विश्वकपमा १७ लाख करोड रुपैयाँ खर्च गर्नेछन् । यसलाई फुटबल इतिहासकै सबैभन्दा महँगो विश्वकप भनिएको छ । (फिफा विश्वकप कतार-०२२ को तयारीमा भएको खर्च फुटबल इतिहासकै सबैभन्दा महँगो हो ।)

प्रतिक्रिया