उल्लेखनीय मौसमी प्रणाली छैन, चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनू
नेपालखोज
२०७९ मंसिर ७ गते ७:०२

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेको छ ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
त्यस्तै, आज राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेकाे छ ।
सम्बन्धित

प्रतिक्रिया