जितको खुसीमा सार्वजनिक बिदा

नेपालखोज २०७९ मंसिर ७ गते ८:४१

काठमाडाैं । फिफा विश्वकपमा अर्जेन्टिनालाई हराएपछि साउदी अरेबियाले त्यसको खुसियालि मनाउँदै सार्वजनिक बिदा दिएको छ । फिफा विश्वकपको तेस्रो खेलमा साउदी अरेबियाको जितको खुसीमा राजा सलमानले बुधबार बिदाको घोषणा गरेका छन् ।

यो बिदा सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारी तथन सबै विद्यार्थीहरुका लागि हो । फिफा विश्वकप अन्तर्गत मंगलबार भएको तेस्रो खेलमा साउदी अरेबियाले दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनालाई पराजित गरेको थियो । खेलको १०औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

उनले साउदी अरेबियाविरुद्ध पेनाल्टीमा गोल गरेका थिए । यो गोलसँगै अर्जेन्टिनाले खेलमा १–० को अग्रता बनाए पनि साउदी अरेबियाले खेलको ४८औं मिनेटमा गोल फर्काएको थियो । साउदी अरबका लागि सालेह अलसेहरीले गोल गरे भाने उसका लागि सलेम एल्डसारीले ५३औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

प्रतिक्रिया