बाँके-३ (२) मा कांग्रेसका बादशाह कुर्मी विजयी
नेपालखोज
२०७९ मंसिर ८ गते ९:५६

बाँके । बाँकेको क्षेत्र नं ३ प्रदेश (२) बाट नेपाली कांग्रेसका बादशाह कुर्मी विजयी भएका छन् । उनले १३ हजार चार सय ३३ मत प्राप्त गरेर नेकपा (एमाले) का भीम ओलीलाई पराजित गरेका निर्वाचन अधिृकत प्रकाशबहादुर भण्डारीले जानकारी दिए ।
उनका निकटतम प्रतिद्वन्द्वी ओलीले १० हजार नौ सय ५० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका विजयकुमार पाठकले चार हजार चार सय ५१ मत पाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया