आइतबार, असार २२, २०८२

प्रतिनिधि र प्रदेशसभा निर्वाचन २०७९ : भारी मतान्तरले आफ्ना प्रतिद्वन्दीलाई हराउने उम्मेद्वार

नेपालखोज २०७९ मंसिर ८ गते ११:०९

काठमाडाैं । यस पटकपटकको निर्वाचनमा केही उम्मेद्वारले आफ्ना प्रतिद्वन्दीलाई ५ हजारभन्दा बढीको मतान्तरले पराजित गरेका छन् । अहिलेसम्मको परिणाममा ठुलो मतान्तरमा विजयी हुनेहरु :

वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोल्पामा ४१,७१४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पूर्ण बुढामगर १६,४८५ मतमा खुम्चिएका छन् । उनीहरुबीचकाे मतान्तर – २५,२२९ रहेकाे छ ।

डा. सिके राउत

सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके ( चन्द्रकान्त ) राउतले ३५ हजार ४२ मत प्राप्त गरे । उनले उपेन्द्र यादवभन्दा १८ हजार ६३ मत बढी ल्याएका हुन् । उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् ।

विश्वप्रकाश शर्मा

झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ३९,६२४ प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्ध एमालेका अग्नि खरेलले २५,३४९ मतमा खुम्चिएका छन् । उनीहरुबीचकाे मतान्तर – १४,२७५ रहेकाे छ ।

शेरबहादुर देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सातौं‌ पटक १२,४९२ मतान्तरले जित हासिल गरेका छन् । देउवाले २५,५३४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मतमात्र प्राप्त गरेका थिए ।

पुष्पकमल दाहाल प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा – २ बाट निर्वाचित २६,१०३ मत प्राप्त गरे‍ । उनका निकटम् प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२,६३७ मत प्राप्त गरेका छन् भने यहाँ एमाले तेस्रो स्थानमा छ । मतान्तर – १३,४६६

रमेश लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखक कञ्चनपुर निर्वाचन -३ बाट १२ हजार मतान्तरसहित निर्वाचित भएका छन् । लेखकले ३० हजार ५ सय २३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का निरुदेवी पालले १८ हजार चार सय ४८ मत प्राप्त गरेकी थिइन् ।

ज्ञानेन्द्र शाही

जुम्लाको प्रतिनिधिसभा सिटमा राप्रपाका ज्ञानेन्द्र शाही ( ज्ञानबहादुर शाही ) ले २२,८१९ मत प्राप्त गर्दा माओवादी केन्द्रकी गोमा गौतम कुँवर ११,९५९ मतमा सिमित भइन् । मतान्तर – १०,१६०

एनपी साउद

कञ्चनपुर – २ मा नेपाली कांग्रेसका एनपी साउदले २८,१०० मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका नरबहादुर धामीले २१,६४५ मत पाएका छन् । उनीहरुको मतान्तर ६,४५५ छ ।

शक्तिबहादुर बस्नेत

जाजरकोटको प्रतिनिधिसभा सिटमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले ३४,१५१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका निरज आचार्य २५,१२० मतमा समित भएका छन् । बस्नेत र आचार्यबीच ९ हजार ३१ मतान्तर छ ।

सूर्य थापा

नेकपा एमालेका सूर्य थापा प्युठानबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । थापाले राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५,२७४ मतान्तरले पराजित गरेका छन् । थापाले ४१,११८ मत प्राप्त गरे भने पौडेल ३५,८४४ मतमा सिमित भइन् ।

पूर्णबहादुर घर्ती मगर

रुकुम पूर्वका माओवादी उम्मेद्वार पूर्णबहादुर घर्ती मगर १२,२६२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेद्वार कैलाशकुमार मल्लले ५,२११ मत प्राप्त गरे । मतान्तार- ७०५१

रामहरी खतिवडा

ओखलढुंगाबाट नेपाली कांग्रेसका उम्मेद्वार रामहरी खतिवडा ३३,५५६ मत प्राप्त गरे । खतिवडाका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार यज्ञराज सुनुवारले २६,७३८ मत प्राप्त गरेका छन् । मतान्तर – ६,८१८

शिशिर खनाल

काठमाडौं-६ प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल १४,२०४ मतका साथ विजयी भए । खनालका प्रतिस्पर्धी नेकपा (एमाले) सर्वेन्द्र खनालले ८,९११ मत प्राप्त गरे । मतान्तर – ५,२९३

लेखनाथ दाहाल ‘राजन’

सिन्धुली निर्वाचन क्षेत्र नम्बर – २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ ले २७,५१७ मत प्राप्त गरे । दाहालका निकटतम प्रतिद्वन्दी एमालेका मनोजजंग थापाले २१,६८७ मत मात्र ल्याउन सके । मतान्तर – ५,८३०

धवल समशेर राणा

बाँके – २ मा राप्रपाका नेता धवल समशेर राणाले आफ्ना निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईलाई ६,०५७ मतान्तरले पराजित गरे । निर्वाचन परिणाम अनुसार राणाले २९ ,५७७ मत प्राप्त गरेका छन् भने राईले २३,५२० मत जोडेका छन् ।

डाक्टर तोसिमा कार्की

ललितपुर – ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्कीले १४,२०८ मत प्राप्त गरिन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार अमृत खड्काले ८ हजार २२३ मत मात्र जोड्न सके । मतान्तर – ५,९८५

हृदयराम थानी

सुर्खेत – २ मा नेपाली कांग्रेसका युवा नेता हृदयराम थानीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई ५०६७ मतान्तरले पराजित गरे । खसेको ७६,३५२ मतमध्ये थानीको पक्षमा ३४,६२५ छ भने बीसीले २९,५५८ मत प्राप्त गरेका छन् ।

रमेश रिजाल

पर्सा – ४ बाट नेपाली कांग्रेसका रमेश रिजालले एमालेका जालिम मियाँ मन्सुरीलाई ५,५३० मतान्तरले पराजित गरे । रिजालको पक्षमा ३१,१४२ मत खसेको छ भने जालिम मियाँले २५,६१२ मत प्राप्त गरेका छन् ।

प्रदीप पौडेल

काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले जित पक्का गरेका छन् । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरे । प्रदीपले १५,२३७ मत ल्याए । ईश्वरले १०,२७२ मत ल्याए ।

गगन कुमार थापा

काठमाडौं- ४ मा कांग्रेसका महामन्त्री गगन कुमार थापा २१२९३ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १३८३७ मत प्राप्त गरे । मतान्तर – ७,४५६

मोहन आचार्य

रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य १८२३५ मत ल्याएर विजयी भए भने उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका छोवाङ तेन्जिन तामाङले ८६१४ मत ल्याएका थिए । मतान्तर – ९,६२१

प्रेमलाल महर्जन

नेकपा एमालेका प्रेमलाल महर्जन ललितपुर- २ बाट निर्वाचित भएका छन् । उनले १५०२५ मत प्राप्त गरेका छन । महर्जनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८८८६ मत ल्याए । मतान्तर – ६,१३९

प्रतिक्रिया