सुर्खेत १ (१) मा कांग्रेसका पोखरेल विजयी
नेपालखोज
२०७९ मंसिर ८ गते १०:३१

सुर्खेत । सुर्खेत क्षेत्र नं १ (१)मा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका खड्गबहादुर पोखरेल विजयी भएका छन् ।
पोखरेलले १८ हजार दुई सय ६४ मत प्राप्त गरी विजयी भएका हुन्। उनले नेकपा (एमाले)का ठम्मर विष्टलाई तीन हजार २७ मतान्तरले पराजित गरे । विष्टले १५ हजार दुई सय ३७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया