बिहीबार, चैत १५, २०८०

सुनसरी-२ (२) मा एमालेका मेहता विजयी

नेपालखोज २०७९ मंसिर १० गते १९:३०

सुनसरी । सुनसरी क्षेत्र नं २(२)बाट नेकपा (एमाले)का रामप्रसाद मेहता विजयी भएका छन् । उनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालालाई चार सय ६२ मतले पराजित गर्दै विजयी भएका हुन् ।

मेहताले १७ हजार ९७ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कोइरालाले १६ हजार छ सय ३५ मत प्राप्त गरेका छन् । विसं २०७४ को निर्वाचनमा मेहतालाई कोइरालाले पराजित गरेका हुन् । यसपटकको निर्वाचनमा कोइरालालाई मेहताले पराजित गरेकाे छन् ।

प्रतिक्रिया