बेलायती पाउन्ड एकको खरिददर १५७ रुपैयाँ ७२ पैसा, बिक्रीदर १५८ रुपैयाँ ४४ पैसा

नेपालखोज २०७९ मंसिर १२ गते ९:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (साेमबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ४० पैसा र बिक्रीदर १३१ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३६ रुपैयाँ २० पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५८ रुपैयाँ ४४ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ४२ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ७० पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया