बागमती प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत तर सरकार कसको ?

काठमाडौं । आम निर्वाचन-२०७९ को नतिजा अनुसार वागमती प्रदेशसभामा नेपाली कांग्रेसले पहिलो स्थान हासिल गरेको छ । वागमतीको ६६ प्रदेशसभा क्षेत्रको मतपरिणाम अनुसार हालसम्म दोलखाको दुईवटा क्षेत्रबाहेक ६४ क्षेत्रको नतिजा आइसकेको छ जसमा नेपाली कांग्रेस २४ सिटसहित सबैभन्दा अगाडि छ भने नेकपा माओवादी केन्द्र १४ सिटसहित दोस्रो स्थान मा छ ।
नेकपा एमाले १२ सिट सहित तेश्रो स्थानमा धकेलिएको छ । चौथो स्थानमा आएको राप्रपाले यो पटक ७ वटा सिट जितेको छ भने नेकपा एकिकृत समाजवादीले ५ वटा सिटमा जित हासिल गरेको छ । वागमतीमा नेपाल मजदुर किसान पार्टी तथा हाम्रो नेपाली पार्टीले १-१ सिटमा जित दर्ता गरेका छन ।
वागमती प्रदेशमा समानुपातिकको नतिजा पछि एमाले दोश्रो ठुलो दल बन्नेछ भने सरकार निर्माणका लागि कांग्रेस तथा एमालेलाई माओवादी केन्द्रको सहयोग अत्यावश्यक हुनेछ ।
समानुपातिक तर्फ नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, राप्रपा तेस्रो तथा एकीकृत समाजवादी चौथो स्थनमा छन । कुल १ सय १० सिटको प्रदेशसभामा सरकार निर्माणका लागि ५६ जना सांसदको समर्थन आवश्यक हुनेछ ।
सत्ता गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाएको सिट संख्या ३९ पुग्छ । समानुपातिकतर्फ दलहरुले हालसम्म पाएको मत हेर्दा सत्ता गठबन्धन एक ठाउँमा उभिए बागमती प्रदेशमा सरकार गठनका लागि त्यति झमेला हुनेछैन । बागमति प्रदेशमा प्रत्यक्ष तर्फको सिट संख्या टुंगो लागेसँगै कांग्रेस , एमाले तथा माओवादी केन्द्रले सरकार गठनको तयारी समेत थालिसकेका छन् ।
बागमति प्रदेशको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका वागमती प्रदेश सभापति इन्द्रबहादुर बानीयाँले आफू स्वभाविक रुपमा मुख्यमन्त्रीको दाबेदार रहेको बताएका छन् । कांग्रेस प्रदेशको ठूलो दल भएकाले आफूहरुले सरकारको नेतृत्व गर्ने उनको तर्क छ । यता गठबन्धन कै महत्त्वपूर्ण घटक माओवादी केन्द्रका शालिकराम जम्कट्टेल पनि मुख्यमन्त्रीको आकंक्षि देखिएका छन । यसमा एमालेले जम्कट्टेललाइ मुख्यमन्त्री दिने पासा फ्याँक्न सक्छ ।
कहाँ कसले जिते ?
चितवनका ६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये एमालेले २, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी तथा राप्रपाले १/१ सिट जितेका छन् । एमालेबाट चितवन-१ (१) मा जगन्नाथ थपलिया र चितवन-२ (१) मा कृष्णप्रसाद सिलवाल निर्वाचित भएका छन् । कांग्रेसबाट चितवन-२ (१) मा उत्तम जोशी, माओवादी केन्द्रबाट चितवन-३ (२) मा ठाकुरप्रसाद ढकाल, एकीकृत समाजवादीबाट चितवन-१ (२) मा कृृष्णप्रसाद खनाल, राप्रपाबाट चितवन-३ (१) मा गिरबहादुर तामाङ निर्वाचित भएका छन् ।
काठमाडौंका २० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ८, राप्रपाले ५, एमालेले ४, एकीकृत समाजवादीले २ तथा हाम्रो नेपाली पार्टीले १ सिट जितेका छन ।
कांग्रेसबाट काठमाडौं-१ (१) मा दीपेन्द्र श्रेष्ठ, काठमाडौं-१ (२) मा सुरजचन्द्र लामिछाने, काठमाडौं-३ (१) मा छिरिङ दोर्जे लामा, काठमाडौं-३ (२) मा विमल ठकुरी, काठमाडौं-४ (१) मा श्रीराम लामिछाने, काठमाडौं-५ (२) मा श्यामबहादुर खड्का, काठमाडौं-६ (१) मा हरिप्रभा खड्गी तथन काठमाडौं-१० (क) बाट पुकार महर्जन निर्वाचित भएका छन ।
राप्रपाबाट काठमाडौं–२ (१) मा सुनील केसी, काठमाडौं–२ (२) मा राजु विष्ट, काठमाडौं-५ (१) मा राजेन्द्र प्रजापति, काठमाडौं-८ (२) बाट उद्धव थापा तथा काठमाडौं-९ (क) बाट नुरज बज्राचार्य निर्वाचित भएका छन् ।
एमालेबाट काठमाडौं-४ (१) मा जयराम थापा, काठमाडौं-६ (२) मा अमनकुमार मास्के, काठमाडौं-७ (२) मा प्रकाश श्रेष्ठ तथा काठमाडौं-९ (२) मा केशवप्रसाद पोखरेल निर्वाचित भएका छन् ।
एकीकृत समाजवादीबाट काठमाडौं-७ (१) मा बसन्त मानन्धर र काठमाडौं-१०(२) मा रमा आले निर्वाचित भएका छन् । हाम्रो नेपाली पार्टीबाट काठमाडौं-८ (१) मा शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका छन् ।
काभ्रेका ४ वटा प्रदेशसभा सिट मध्ये कांग्रेसले २, नेकपा माअोवादी केन्द्र र एकीकृत समाजवादीले १/१ वटा सिट जितेका छन् । कांग्रेसबाट काभ्रे-१ (१)मा तीर्थ लामा र काभ्रे-२ (२) बाट कञ्चनचन्द्र बादे निर्वाचित भएका छन् । माओवादीबाट काभ्रे-१ (१) मा रत्नप्रसाद ढकाल एकीकृत समाजवादीबाट काभ्रे-२ (क) मा लक्ष्मण लम्साल निर्वाचित भएका छन ।
धादिङका ४ वटा प्रदेशसभा सिट मध्ये कांग्रेसले २ तथा माओवादी केन्द्र र राप्रपाले १-१ वटामा जित निकालेका छन् । कांग्रेसबाट धादिङ-१ (१) मा मधुकुमार श्रेष्ठ र धादिङ-२ (१) मा गोविन्द लम्साल निर्वाचित भएका छन । धादिङ-१ (२) मा माओवादीका शालिकराम जमकट्टेल तथा राप्रपाका धादिङ-२ (२) मा डम्बर तामाङ निर्वाचित भए ।
भक्तपुरका ४ वटा प्रदेशसभा सिट मध्ये कांग्रेस, एमाले, नेपाल मजदुर किसान पार्टी र एकीकृत समाजवादीले १-१ सिट बाँडेका छन् । कांग्रेसबाट भक्तपुर-१ (१) मा सुरेश श्रेष्ठ, एमालेबाट भक्तपुर-२ (१) मा किरण थापामगर, नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर–१(२) मा सुरेन्द्रराज गोसाईं र एकीकृत समाजवादीबाट भक्तपुर-२ (२) मा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् ।
मकवानपुरका ४ वटा प्रदेशसभा सिट मध्ये माओवादी केन्द्रले २ तगा नेपाली कांग्रेस र नेकपा एमालेले १-१ सिट जितेका छन् ।
माओवादी केन्द्रबाट मकवानपुर-१ (१) मा प्रेमबहादुर पुलामी र मकवानपुर-२ (१) कुमारी मोक्तान निर्वाचित भएका छन् । कांग्रेसबाट मकवानपुर-२ (२) मा इन्द्रबहादुर बानियाँ तथा एमालेका एकालाल श्रेष्ठ मकवानपुर–१ (२) बाट निर्वाचित भएका छन ।
रसुवाका दुई प्रदेशसभा सिट मध्ये कांग्रेस र माओवादी केन्द्रले १-१ वटामा जित हासिल गरेका छन् । कांग्रेसबाट रसुवा-१ (१) मा प्रभात तामाङले जितेका छन भने माअोवादी केन्द्रबाट रसुवा–२ (२) मा इन्द्रप्रसाद गोतामे निर्वाचित भएका छन ।
रामेछापका दुबै प्रदेशसभा सिटमा माओवादी केन्द्रले जित हासिल गरेको छ । रामेछाप–१ (१) मा तारानारायण श्रेष्ठ तगा रामेछाप–१ (२) मा युवराज चौलागाईं निर्वाचित भएका छन ।
ललितपुरका ६ वटा प्रदेशसभा सिट
मध्ये ४ वटामा एमाले तथा २ वटामा कांग्रेसले जित हासिल गरेका छन । यहाँ एमालेबाट ललितपुर-१ (१) मा मधुसुदन पौडेल, ललितपुर-२ (१) मा रामेश्वर श्रेष्ठ, ललितपुर-३ (क) बाट रघुनाथ महर्जन तथा ललितपुर-३ (ख) बाट प्रेमभक्त महर्जन निर्वाचित भएका छन् । कांग्रेसबाट ललितपुर-१ (२) मा मीनकृष्ण महर्जन तथा ललितपुर-२ (२) मा रामकृष्ण चित्रकार निर्वाचित भएका छन् ।
सिन्धुपाल्चोकका ४ वटा प्रदेशसभा सिट मध्ये कांग्रेस र माओवादीले २-२ सिट बाँडेकाका छन् । कांग्रेसबाट सिन्धुपाल्चोक-१ (१) मा मसिना खड्का र सिन्धुपाल्चोक–२ (२) मा कृष्णकुमार तामाङ निर्वाचित भएका छन भने माओवादीबाट सिन्धुपाल्चोक–१ (२) मा सरल सहयात्री पौडेल तथा सिन्धुपाल्चोक–२ (१) मा युवराज दुलाल निर्वाचित भएका छन् ।
सिन्धुलीका ४ वटा प्रदेशसभा सिट मध्ये २ वटामा नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका १-१ जना निर्वाचित भएका छन् ।
कांग्रेसबाट सिन्धुली–१ (२) मा रामकुमार पहाडी र सिन्धुपाल्चोक–२ (१) मा क्षेत्रबहादुर बम्जन निर्वाचित भएका छन् ।
माअोवादी केन्द्रबाट सिन्धुली-१ (१) मा मातृकाप्रसाद भट्टराई तथा नेपाल समाजवादी पार्टीबाट सिन्धुली–२ (२) मा गंगानारायण श्रेष्ठ निर्वाचित भएका छन् ।
प्रतिक्रिया