शनिबार, जेठ ४, २०८२

यी हुन् गर्दन दुख्दा गर्नुपर्ने ४ मुख्य व्यायाम

डा. हेमराज काेइराला २०७९ मंसिर १४ गते १८:५०

व्यस्तता, भागादौड र तनावग्रस्त जीवन जिउने जो कोही पनि हिजोआज गर्दन दुख्ने समस्याले ग्रस्त हुन्छन् । गर्दनको दुखाइ गर्दनको हड्डी खिएर, नसा च्यापीएर कार्टिलेज र मांसपेशीको दुर्वलताको कारणले हुन्छ । यस्तो अवस्थामा गर्दनका मांसपेशिलाई बलियो बनाउने निम्न व्यायाम गर्नुपर्ने हुन्छ । यो व्यायाम उभिरहेको, बसिरहेको वा उत्तनो परेर सुतेको बेलामा पनि गर्न सकिन्छ तर बसेको अवस्थामा गर्दा बढी प्रभावकारी हुन्छ ।

व्यायाम – १ दुवै हातले अगाडी र टाउकोले पछाडि ठेल्ने : ढाड कमर गर्दनलाई सीधा राखेर बस्नुहोस् । अब दुबै हातका औलालाई कैची पारेर हत्केलालाई टाउकोको पछाडिपट्टी राख्नुहोस् । हात पछाडि राखेपछि हातले टाउको लाई अगाडी र टाउकोले हात लाई पछाडि धकेल्नुस् र २० सेकेन्डसम्म रोकेर राख्नुहोस् ।

दव्यायाम – २ दुवै हातले पछाडि र टाउकोले अगाडितिर ठेल्ने : ढाड र कमर सीधा राखेर बस्नुहोस् । अब दुबै हातलाई जोडेर हत्केलालाई निधारमा राख्नुहोस् । हातले टाउकोलाई पछाडि र टाउकोले हातलाई अगाडि पट्टी धकेल्नुस् र २० सेकेन्डसम्म रोकेर राख्नुहोस् ।

व्यायाम – ३ देब्र हातले दाहिनेतिर र टाउकोले देब्रेतिर ठेल्ने : पूर्ववत अवस्थामै बस्नुहोस र देब्रे हातलाई उठाएर देब्रे कन्चटमा राख्नुहोस् । अब देब्रे हातले दाहिने तीर ठेल्नुस् र टाउकोले देब्रे तीर ठेल्नुहोस् र २० सेकेन्ड सम्म रोकेर राख्नुहोस् ।

व्यायाम – ४ दाहिने हातले देब्रेतिर र टाउकोले दाहिनेतिर ठेल्ने : पूर्ववत अवस्थामै बस्नुहोस र दाहिने हातलाई उठाएर दाहिने कन्चटमा राख्नुहोस् । अब दाहिने हातले देब्रेतीर ठेल्नुहोस् र टाउकोले दाहिने तीर ठेल्नुहोस् र २० सेकेन्डसम्म रोकेर राख्नुहोस् । यी सबै व्यायामलाई ५ – ५ पटक दोहोराउनुपर्छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया