शुक्रबार, वैशाख १४, २०८१

प्रतिरक्षा प्रणालीलाई वायु प्रदूषणले समाप्त पार्ने

नेपालखोज २०७९ मंसिर १४ गते १०:५८

काठमाडौं । आजभोलि उमेर बढ्दै गएका मानिसलाई श्वासप्रश्वाससम्बन्धी रोगहरूको किन धेरै च्याप्न थालेको छ ? किन बुढेसकालमा मानिस श्वासप्रश्वास बढी संवेदनशील हुन्छ ?

किनकी उमेर बढेपछि उनीहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । सामान्यतया, धेरैजसोले वृद्धवृद्धाहरूमा घट्दै गएको प्रतिरक्षा प्रणाली (इम्युन सिष्टम) का लागि बढ्दो उमेरलाई जिम्मेवार मान्छन् । तर एक नयाँ अध्ययनले यो सबैको पछाडिको कारक तत्त्व वायु प्रदूषण भएको देखाएको छ । दशकौँसम्म वायु प्रदूषणमा मानिसको रोग प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँदै लाने खुलासा उक्त अध्ययनले गरेको छ ।

कोलम्बिया विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको त्यो अध्ययनले मानिसलाई उमेर बढ्दै जाँदा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिमका लागि दशकौँदेखिको वायु प्रदूषणका बस्नुलाई मानेको छ । नेचर मेडिसिन जर्नलमा प्रकाशित भएको अध्ययनको निष्कर्षका अनुसार दशकौँदेखि प्रदूषित हावामा श्वास फेर्दा त्यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँदै गएको देखाएको छ ।

अध्ययनका अनुसार श्वासप्रश्वासका क्रममा वायु प्रदूषणका रहेका सूक्ष्म कणहरू दशकौँसम्म फोक्सोसँग जोडिएको लिम्फ नोड्सको प्रतिरक्षा कोशिकाहरूमा जम्मा हुन्छ । जहाँ यी सूक्ष्म कणहरूले श्वासप्रश्वासको संक्रमणसँग लड्ने कोशिकाहरूको क्षमतालाई कमजोर बनाउँछ ।

वृद्धवृद्धाहरू विशेष गरी श्वासप्रश्वासको संक्रमणको जोखिममा छन् । यो तथ्य कोभिड–१९ को महामारीका बेला पनि बाहिर आएको थियो । जब यो महामारीबाट मृत्यु हुनेमा युवाको तुलनामा ७५ वर्षभन्दा माथिका व्यक्तिको संख्या ८० गुणा बढी थियो । साथै, वृद्धवृद्धाहरू इन्फ्लुएन्जा र अन्य फोक्सोको संक्रमणको जोखिममा हुन्छन् ।

कोलम्बिया विश्वविद्यालयका अन्वेषकहरूले सुरुमा प्रतिरक्षा प्रणालीमा वायु प्रदूषणको प्रभावहरू अध्ययन गरेका थिएनन् । यस सम्बन्धमा अध्ययनका प्रमुख अनुसन्धानकर्ता प्रोफेसर डोना फारबरले भन्छन्, ‘जब हामीले मानिसको लिम्फ नोड्सलाई हेर्‍यौ, हामी छक्क पर्यौँ, किनभने फोक्सोको लिम्फ नोड्स कालो रङको थियो, जीआई ट्र्याक्ट र शरीरका अन्य भागहरू अँध्यारो थिए ।’

यो बुझ्नको लागि, शोधकर्ताहरूले युवा मानिसहरूबाट कोषिकाहरू सङ्कलन गरे, जसमा फोक्सोको लिम्फ नोडहरूमा उमेर सम्बन्धित भिन्नताहरू स्पष्ट रूपमा देख्न सकिन्थ्यो । उनीहरूले बालबालिका र किशोरकिशोरीहरूको फोक्सोमा भएको लिम्फ नोड्स खैरझ रङको भएको फेला पारे, जबकि ३० वर्षभन्दा माथिका व्यक्तिहरूबाट लिइएको नमूनाहरूमा लिम्फ नोडहरू पहेंलो कालो थिए, जुन उमेरसँगै अझ कालो हुँदै गयो ।

प्रदूषणका कणको असर

प्रमुख अनुसन्धानकर्ता प्रोफेसर डोना फारबरका अनुसार जब उनको टोलीले ती काला लिम्फ नोडहरू अध्ययन गरे, ती नोडहरू वायु प्रदूषणका कणहरूले भरिएको पत्ता लाग्यो । फोक्सोको लिम्फ नोड्समा पाइने प्रदूषक कणहरू म्याक्रोफेजहरू, प्रतिरक्षा कोशिकाहरूमा रहेको टोलीले फेला पार्‍यो ।

यी प्रतिरक्षा कोशिकाहरूले ब्याक्टेरिया, भाइरस, सेलुलर फोहोर र शरीरमा अन्य सम्भावित खतरनाक पदार्थहरूलाई नष्ट गर्दछ। यी कणहरू भएको म्याक्रोफेज कोशिकाहरू विशेष गरी विकृत भएको अनुसन्धानले देखाएको छ । यो अन्य कणहरू लिन र साइटोकिन्स संकेतहरू पठाउन असक्षम थियो।

साइटोकाइन संकेतहरू यी प्रतिरक्षा कोशिकाहरू द्वारा पठाइएका ‘मद्दत’ संकेतहरू हुन्, जसले प्रतिरक्षा प्रणालीका अन्य भागहरूलाई सक्रिय पार्छ । अर्कोतर्फ, प्रदुषणका कणहरू नभएको लिम्फ नोडहरूमा, म्याक्रोफेजहरू अप्रभावित थिए ।

प्रमुख अनुसन्धानकर्ता प्रोफेसर डोना फारबर भन्छन्, ‘यी प्रतिरक्षा कोशिकाहरू प्रदूषण कणहरूले अवरुद्ध हुन्छन्, जसका कारण तिनीहरू आवश्यक काम गर्न सक्षम हुँदैनन् । जसले हामीलाई रोगजनकहरूबाट जोगाउन मद्दत गर्छ ।’

प्रोफेसर डोना फारबर भन्छन्, ‘यद्यपि, फोक्सोको प्रतिरक्षा प्रणालीमा प्रदूषणले कति असर गर्छ भन्ने कुरा हामीलाई अहिलेसम्म पूर्ण रूपमा थाहा छैन । यसले वृद्ध मानिसहरूमा धेरै खतरनाक हदसम्म श्वासप्रश्वास संक्रमण गर्दछ भन्ने स्पष्ट छ। यस्तो अवस्थामा वायु प्रदूषणको रोकथाम धेरै महत्त्वपूर्ण छ ।

धेरै अनुसन्धान नभएपनि नेपालमा वायु प्रदूषणको समस्याले गम्भीर रुप लिइसकेको छ।जाडोको मौसममा त प्रदुषणको मात्रा अत्यधिक हुन्। बढ्दो प्रदूषणले विशेषगरी सहरी मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा जारी वायुको गुणस्तर मापदण्डलाई हेर्ने हो भने त हामी नेपाली विषालु हावामा श्वास लिइरहेका छौ । -आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया