शुक्रबार, असार २०, २०८२

प्रतिनिधिसभाको समानुपातिकतर्फ कुन दललाई कति मत ?

नेपालखोज २०७९ मंसिर १६ गते ९:२७

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले २७ लाख ७२ हजारभन्दा बढी मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २६ लाख ४२ हजार मत पाएको छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १८ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख २० हजार, जनमत पार्टीले ३ लाख ९४ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।

यता, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९४ हजार मत कटाएको छ । निर्वाचनमा करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको बताईएको छ । निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ ।

प्रतिक्रिया