बिहीबार, वैशाख १३, २०८१

बाङ्देलले कोरेको टोनी हेगनको चित्र

सुनील उलक २०७९ मंसिर १६ गते १०:४४

नेपाली आधुनिक चित्रकलाका पिता मानिनु भएका प्रसिद्ध चित्रकार लैनसिंह बाङ्देलको ब्रसले कोरिएको टोनी हेगनको चित्र । टोनी हेगन स्विस भूगर्वशास्त्री हुनुहुन्छ । वहाले संयुक्त राष्ट्र संघ अन्तर्गत रहेर नेपालको करिव १४००० किमी पैदल यात्रा गरेर नेपालको वास्तविक नक्शा तैयार गरेका थिए ।

जीवनको अधिकांश समय नेपालमा बिताएका उहाले राजा त्रिभुवन देखी राजा बिरेन्द्रसम्मका राजासंग निकटता राख्दै नेपालको ग्रामिण बिकासमा सहयोग गरेका थिए । करिव ३० वर्षको उमेरमा नेपाल प्रवेश गरेका वहाको ८५ वर्षको उमेरमा देहावसान भएको थियो । नेपालको बारेमा निकै चिन्ता लिने वहा नेपालमा तिब्बती शरणार्थीको प्रवेश र शिविर निर्माणमा समेत प्रमुख भूमिका बहन गरेका थिए ।

चिनिया सरकारको भनाइमा भने वहाँ सिआइएको एजेन्टको रूपमा नेपालमा सक्रिय रहेको भन्ने दाबी गरेको पाइन्छ । यो चित्र बाङ्देलले १९६२ जुलाइ १५ अर्थात वि.सं. २०१९ को असार ३१ गते कोरेका थिए । आज न त बाङ्देल हामी सामु हुनुहुन्छ न त टोनी हेगन नै हुनुहुन्छ ।

तर पनि यि दुवै नेपालमा नजन्मनु भए पनि नेपालको निकै माया गर्नुहुन्थ्यो । २०५९ असोज २९ मा बाङ्देलको सानेपा स्थित आफ्नै निवासमा स्वर्गारोहण भएको थियो भने त्यसको ६ महिना पछि २०६० बैशाख ५ मा टोनी हेगनको स्विटजरलान्डको आफ्नै निवासमा स्वर्गारोहण भएको थियो ।

प्रतिक्रिया