विश्वका सबैभन्दा भ्रष्ट देश

काठमाडौं । जर्मनी स्थित गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचारलाई ‘व्यक्तिगत लाभका लागि प्रत्यायोजित शक्तिको दुरुपयोग’ भनेर परिभाषित गरेको छ। कुनै पनि देशमा बढ्दै गएको भ्रष्टाचारले उक्त देसको विकासलाई असर गर्छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको एक प्रतिवेदनमा विश्वका सबैभन्दा भ्रष्ट ५ देशका बारेमा जानकारी दिइएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन अनुसार दक्षिण सुडान विश्वको सबैभन्दा भ्रष्ट देश हो । यो देश स्वतन्त्र भएको एक दशक मात्र भएको छ तर त्यहाँको अवस्था निरन्तर बिग्रँदै गएको छ । व्यापक गरिबीका कारण त्यहाँ भ्रष्टाचार मौलाइरहेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले आफ्नो प्रतिवेदनमा खाडी मुलुक सिरियालाई दोस्रो सबैभन्दा भ्रष्ट देशका रूपमा चित्रित गरेको छ । सिरिया गृहयुद्धको चपेटामा छ जसका कारण त्यहाँबाट ठूलो संख्यामा मानिसहरु पलायन भएका छन ।
सोमालिया विश्वको तेस्रो भ्रष्ट देश हो । अफ्रिकी देश सोमालिया सोमाली समुद्री डाँकूका कारण बारम्बार चर्चामा रहन्छ । सोमालिया निकै गरिब देश हो । यस्तो अवस्थामा त्यहाँ भ्रष्टाचार पनि मौलाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन अनुसार भेनेजुएला विश्वको चौथो सर्वाधिक भ्रष्टाचार हुने देश हो । २० औं शताब्दीमा यो ल्याटिन अमेरिकी देशमा तेल पत्ता लागेको थियो। यससँगै त्यहाँ राजनीतिक भ्रष्टाचार सुरु भयो ।
यमन विश्वको सबैभन्दा भ्रष्ट देशको सूचीमा पाँचौं स्थानमा छ। खाडी मुलुक यमन सन् २०१४ देखि गृहयुद्धमा फसेको छ । जसका कारण यहाँ विश्वको सबैभन्दा ठूलो मानवीय संकट समेत उत्पन्न भएको छ ।
प्रतिक्रिया