बिहीबार, असार १९, २०८२

अघि बढ्याे रवि लामिछानेको नागरिकता छानबिन

नेपालखोज २०७९ मंसिर १९ गते १३:००

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानविन तीब्र पारेको छ । लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि जिल्ला प्रहरी परिसर काठमाडौंले लगेको छ ।

आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले प्रहरीबाट माग भएपछि लामिछानेले उम्मेदवारी र पार्टी दर्ता गर्दा पेस गरेको नागरिकताको प्रतिलिपि उपलब्ध गराइएको बताए ।

लामिछानेको नागरिकतामा अनुसन्धान गर्न आयोगले गृह र परराष्ट्र मन्त्रालयलाई सिफारिस गरिसकेको छ । जिल्ला प्रशासन कार्यालयले लामिछानेको नागरिकतामा छानविन अघि बढाउन आदेश दिएको थियो ।

लामिछानेले विदेशी नागरिकता लिएर नेपाली नागरिकता नत्यागेको, विदेशी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको, पुरानै नागरिकताका आधारमा उम्मेदवारी दिएको, विदेशी पासपोर्ट नत्यागी नेपाली पासपोर्ट लिएको उजुरीका आधारमा छानविन भइरहेको छ ।

प्रतिक्रिया