बिहीबार, असार १९, २०८२

समानुपातिक : १ करोड ४ लाख ७८ हजार ३ सय ५९ मतगणना, एमालेकाे अग्रता कायमै

नेपालखोज २०७९ मंसिर २० गते ८:४०

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकर्फको मतगणना आज मंगलबार सम्पन्न हुनेछ । आज बिहान साढे ६ बजेसम्म १ करोड ४ लाख ७८ हजार ३ सय ५९ मतको गणना भैसकेको छ । जसमा नेकपा (एमाले) ले २८ लाख १४ हजार ६ सय ५५ मत मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रसले २६ लाख ८८ हजार २ सय १८ मत पाएको छ । यसैगरि नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६४ हजार १ सय २ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीको खातामा ५ लाख ८६ हजार ८ सय १६ मत छ जबकि जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय ५४ मत प्राप्त गरेको छ ।

यहि निर्वाचनबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय ३८ मत प्राप्त गर्दा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले भने २ लाख ९६ हजार ९० मत मात्र पाएको छ ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीले २,७१,६७४, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १,६७,२९० , नेपाल मजदुर किसान पार्टीले ७५,०७९ तथा हाम्रो नेपाली पार्टीले ५५,६३२ मत प्राप्त गरेकाले थ्रेस होल्ड कटाउन नसक्ने अवस्था छ ।

प्रतिक्रिया