धितोपत्र बोर्डद्वारा सन्राइज फोकस्ड इक्विटी फण्डलाई स्वीकृति
नेपालखोज
२०७९ मंसिर २१ गते १५:२१

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सन्राइज फोकस्ड इक्विटी फण्डलाई स्वीकृती प्रदान दिएको छ । सन्राइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिने सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सन्राइज फोकस्ड इक्विटी फण्ड योजनालाई यही मंंसिर १९ गते नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको हो ।
योजनाको आकार प्रतिइकाई मुल्य १० रुपैयाँ दरको १२ करोड इकाई गरी जम्मा एक अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र स्वीकृत गरेको हो ।
यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो । सन्राइज क्यापिटल लिमिटेडले हाल सन्राइज फस्र्ट म्युचुअल फण्ड तथा सन्राइज ब्लूचिप फण्ड गरि दुईवटा बन्दमूखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।
सम्बन्धित








प्रतिक्रिया