मंगलबार, वैशाख ४, २०८१

के खोज्छन् गुगलमा भारतीय ?

नेपालखोज २०७९ मंसिर २३ गते ८:३०

काठमाडौं । गुगल इन्डियाले सन् २०२२ मा भारतमा सर्वाधिक सर्च गरिएका कुराहरुको सूची सार्वजनिक गरेको छ । जसअनुसार भारतीयहरूले यो वर्ष विश्वकपदेखि पनीर डिशसम्म बढि खोजेको पाइएको छ । यो वर्षको ‘इयर इन सर्च – २०२२’ अनुसार भारतियहरुको खोजिमा इन्डियन प्रिमियर लिग (आईपीएल) शीर्ष व्यापारिक खोजी थियो भने त्यसपछि कोभिन र फिफा विश्वकप – २०२२ रहे ।

गुगलका अनुसार २०२२ मा भारतमा सबैभन्दा धेरै खोजिएका व्यक्तित्वमा बीजेपीका पूर्व प्रवक्ता नुपुर शर्मा, त्यसपछि भारतका राष्ट्रपति द्रौपदी मुर्मु, बेलायती प्रधानमन्त्री ऋषि सुनक, ललित मोदी अनि सुस्मिता सेन छन् । लता मंगेशकर, सिद्धु मुसेवाला, क्वीन एलिजाबेथ तथा शेन वार्नको मृत्युका समाचार पनि गुगलमा सबैभन्दा धेरै खोजिएको विषय रहे । रुस–युक्रेन युद्ध, युपी चुनाव तथा हर घर तिरंगा अभियानमा पनि भारतियहरुको सर्वाधिक चासो देखियो ।

खानापिन तर्फ भारतीयहरूले पनीर पासन्डा, मलाई कोफ्ता, पनीर भुजि , मोदक तथा अनारसा सबैभन्दा धेरै खोजी गरे । यो वर्ष सोधिएका प्रश्नमा अधिकांश प्रश्न सरकारी योजनाहरू जस्तै ई-श्रम कार्ड र अग्निपथ योजनाका बारेमा थिए। यसै क्रममा नाटो र एनएफटी के हो भन्ने प्रश्न पनि निकै सोधिएको थियो ।

भ्याक्सिन सर्टिफिकेट कसरी डाउनलोड गर्ने भन्ने कुराका लागि भारतीयहरूले गुगलको पूर्ण प्रयोग गरे । यता हिन्दी फिल्म ब्रह्मास्त्र र कन्नड फिल्म केजीएफ – २ सन् २०२२ मा भारतीयहरूले सबैभन्दा धेरै खोजी गरेका सिनेमा थिए भने त्यस पछि चलचित्र कश्मीर फाइल पनि निकै सर्च भयो ।

प्रतिक्रिया