शनिबार, वैशाख २९, २०८१

कपडाका उत्कृष्ट ब्राण्ड

नेपालखोज २०७९ मंसिर २७ गते १४:५१

काठमाडौं । कपडा उद्योग पछिल्ला केही वर्षमा द्रुत गतिमा अघि बढेको छ। फरक , आकर्षक तथा सुबिधाजनक कपडाको बढ्दो मागलाई ध्यानमा राख्दै धेरै नयाँ ब्राण्ड बजारमा आएका छन् ।

यी ब्राण्डको आगमनले मानिसहरूलाइ आफुले लगाउने पहिरन छनोटको विकल्प उपलब्ध गराएको छ भने फेसनको संसारमा छाप छोडन चाहने फेसन डिजाइनरहरूका लागि ठूलो अवसर प्रदान गरेको छ। आफ्नो शरीरमा जुनसुकै लुगा होस् त्यो सबैको नजरमा चढोस भन्ने चाहना सबैमा हुन्छ ।

मानिसहरूले निकै खर्च गरेर महंगा लुगा त लगाएका हुन्छन् , तर तिनीहरूमध्ये धेरैलाई उनीहरूले लगाएको ब्राण्ड कस्तो हो जानकारि हुँदैन । अहिले जताततै मलको संख्या निरन्तर बढिरहेको छ र ति मलहरूमा धेरै प्रकारका ब्राण्डका कपडा उपलब्ध छन्। अहिले पनि बजारमा धेरै रेडिमेड कम्पनीका नयाँ – नयाँ शोरुमहरु खुलिरहेका छन् । मल र क्षेत्रीय बजारमा खोलिएका ती शोरुममा खरिद गरिएका कपडा कस्ता हुन एक पटक हेरौं :

पेपे जीन्स : सन् १९७३ मा स्थापना भएको पेपे जीन्स प्रतिष्ठित रेडिमेड कपडाको ब्रान्ड हो । पेपे जीन्स ती ब्रान्डहरू मध्ये एक हो जुन मानिसहरूको परीक्षणमा खरो उत्रिएको छ । पेपे जीन्स सबैभन्दा राम्रो ब्रान्डेड कपडा मध्ये एक हो ।

फेब इंडिया : यो अर्को प्रसिद्ध कपडा ब्रान्ड हो। यो कम्पनी १९९५ मा स्थापित भएको थियो । यो ब्रान्डमा कपडाका धेरै रेन्ज उपलब्ध छन् । यो ब्रान्डले महिला, पुरुष तथा बालबालिकाहरुका लागि पूर्ण पहिरन उपलब्ध गराउँछ ।

फ्लाइङ मेसिन : यो शीर्ष कपडा ब्रान्डको सुरुवात १९८० मा भएको हो । यो कम्पनीले ग्राहकहरूको विस्तृत श्रृंखलालाई अत्याधुनिक पहिरनहरु बेच्दै आएको छ। यो ब्रान्ड उच्च गुणस्तरका लागी समेत परिचित छ ।

रेंगलर : १९०४ मा स्थापित भएको यो ब्रान्डले पुरुष र महिला दुवैका लागि पश्चिमी लुगा, डेनिम, शर्ट तथा जुत्ताहरु तयार गर्छ । यो प्रसिद्ध कपडा ब्रान्डहरू मध्ये एक हो। यो ब्रान्ड किशोरकिशोरी तथा पेशेवरहरू बिच बढि लोकप्रिय छ। रेंगलर ब्रान्डले बजारमा डेनिमको विस्तृत श्रृंखला प्रदान गर्दछ।

भान ह्युसेन : यो ब्राण्ड पुरानो ब्राण्ड मध्ये एक हो । यसको स्थापना १९८१ मा मोसेस फिलिप्स, जोन भ्यान ह्युसेन तथा ड्रममिन जोन्सले संयुक्तरूपमा गरेका हुन ।

भ्यान ह्युसेन : यो पुरुषहरूका लागि शर्ट तथा औपचारिक पोशाक तयार गर्ने उत्कृष्ट ब्राण्डहरू मध्ये एक हो। यसले बजारमा औपचारिक सर्ट, क्याजुअल शर्ट तथा औपचारिक ट्राउजरहरु उपलब्ध गराउँछ जुन उपभोक्ताहरू माझ निकै लोकप्रिय छ ।

लेभिस : यो अमेरिकी ब्रान्ड त्यहाँको सबैभन्दा पुरानो रेडिमेड कपडाक‍ो ब्रान्ड मध्ये एक हो। यो कम्पनीको लुगा नेपालमा पनि निकै चर्चित छ । यसले बजारमा जीन्स, टी-सर्ट, शर्ट, ट्राउजर, स्वेटर तथा ज्याकेट सहित धेरै किसिमका कपडा उत्पादन गर्दछ । लेभिसले पुरुष तथा महिलाहरूका लागि अनौपचारिक कपडाहरूका साथै प्रिमियम डेनिम र अन्य फेशनेबल कपडाहरू तयार पार्छ ।

जारा : जारा सबैभन्दा राम्रो कपडाको ब्रान्ड मध्ये एक हो । Amancio Ortega Gaona र Rosalia Mera ले यो कम्पनीको स्थापना गरेका थिए। यो Inditex Group को एक हिस्सा हो र यसका अनलाइन स्टोरका साथै विश्वभर २२७० वटा स्टोर छन्। यो बालबालिका तथा वयस्क सबैका लागी राम्रो ब्रान्ड हो।

टमी हिलफिगर : य‍ो महँगो पहिरन तयार पार्ने ब्रान्डहरू मध्ये एक हो । यसले आफूलाई एक अग्रणी फेसन ब्रान्डका रूपमा स्थापित गरिसकेको छ । टमी हिलफिगरले पुरुष र महिलाहरूका लागि उच्च गुणस्तरका पहिरनहरू तयार गर्दछ। सबै भन्दा राम्रो तथा स्टाइलिश पहिरनका लागि टमी हिलफिगरलाइ रोज्न सकिन्छ।

पिटर इङ्गल्याण्ड : पिटर इङ्गल्याण्ड पनि लोकप्रिय ब्रान्डहरू मध्ये एक हो। पिटर इङ्ल्यान्डले ब्राण्ड जीन्स , टी-शर्ट, स्कर्ट सहित अनेप्रकार्का पहिरन तयार गर्छ । यो कम्पनीले रंगका साथ डिजायनका थुप्रै विकल्प उपलब्ध गराउँछ । यसका पहिरन मजबूत फेशन स्टेटमेन्ट पनि हुन ।

एलन सोली : एलन सोली पनि अग्रणी फेशन ब्राण्ड मध्ये एक हो । यसको स्थापना १९४४ मा विलियम हलिन्स एंड कम्पनी लिमिटेड द्वारा गरिएको थियो । यसले पुरुष , महिला तथा बालबालिकाहरुका लागि उच्च गुणस्तरिय पश्चिमी परिधान उत्पादन गर्छ ।

प्रतिक्रिया