बुधबार, असार १८, २०८२

निर्वाचन आयोगले आज समानुपातिकतर्फ चयन भएका सांसदको घोषणा गर्ने

नेपालखोज २०७९ मंसिर २८ गते १३:१२

काठमाडौँ । निर्वाचन आयोगले बुधबार मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ चयन भएका सांसदहरूको घोषणा गर्ने भएको छ।

आयोगले आज दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गर्दै समानुपातिकतर्फको सांसदहरूको नामावली सार्वजनिक गर्न लागेको हो। निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो। यसपछि आयोग राष्ट्रपति विद्या भण्डारीसमक्ष निर्वाचन प्रतिवेदन बुझाउने तयारीमा लाग्नेछ ।

प्रतिक्रिया