शनिबार, जेठ ५, २०८१

कर्कट राशिका लागि २०२३ साल कस्तो रहनेछ ?

नेपालखोज २०७९ पुष १ गते ५:००

कर्कट राशिको आठौं घरमा शनिको उपस्थितिका कारण केही काममा अवरोध र बाधा सृजना हुन सक्छ तर यसले सामान्य कार्यलाई असर गर्दैन । यो वर्ष तीन कुरामा फाइदा हुनेछ । पहिलो, जग्गा विवाद चलिरहेको छ भने यो वर्ष राहत मिल्नेछ, दोस्रो, कसैलाई ऋण दिनुभएको छ वा कतै रकम अड्किएको छ भने यो वर्ष त्यो रकम प्राप्त हुनेछ, तेस्रो, यो वर्ष सुभ समाचार सुन्न सकिनेछ । तपाईंले आफ्नो क्रोधलाई नियन्त्रण गर्नुपर्छ ।

पारिवारिक जीवन : यो वर्ष तपाईको परिवारमा शुभ कार्यमा धन खर्च हुनेछ। परिवारका सदस्यहरुसँग मतभेद उत्पन्न हुन सक्छ तर तपाईले आफ्नो बुद्धि, समझ तथा आत्मविश्वासले त्यसलाई समाधान गर्नुहुनेछ ।

नोकरी – व्यवसाय : जग्गा सम्बन्धी कामबाट लाभ मिल्नेछ । स्वतन्त्र व्यापारबाट राम्रो लाभको अपेक्षा गर्न सकिन्छ । रोजगारी भएका व्यक्तिहरूले जागिर छोड्ने वा परिवर्तन गर्ने कुरा तर्फ नलाग्नु होला , अहिले समय अनुकूल छैन ।

वैवाहिक स्थिति : विवाह नगरेका व्यक्तिहरूले अझै केही समय पर्खनुपर्नेछ । विवाहित व्यक्तिहरूले यो वर्षको राशिफलमा मंगलको उपस्थितिमा ध्यान दिनुहोला । पार्टनरसँग होसियार रहनुहोस् । कुनै पनि त्यस्तो काम नगर्नुहोस् जसले तपाईंको मानसिक एवं शारीरिक समस्या बढाउँछ ।

प्रेम जीवन : प्रेम र रोमान्सको हिसाबले यो वर्ष विशेष र सफल रहनेछ । अविवाहितहरूले यो वर्ष राम्रो जीवनसाथी छनौट गर्न सक्छन् ।  

स्वास्थ्य अवस्था : तपाईको स्वास्थ्यमा बाधा देखा पर्न सक्छ तसर्थ समय – समयमा स्वास्थ्य अनुगमन गराइरहनु होला । शिक्षा तथा करियर : यो वर्ष छोराछोरीले प्रगति गर्नेछन् । वर्ष – २०२३ ले सफलता ल्याउनेछ ।

धन – सम्पत्ति : आर्थिक दृष्टिले यो वर्ष मध्यम फलदायी रहनेछ । धन आउँनेछ तर खर्च बढी हुने भएकाले बचत हुने छैन । सकेसम्म अनावश्यक पैसा खर्च नगर्नुहोस् ।

माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया