विश्वकप – २०२२ मा आजको खेल
नेपालखोज
२०७९ पुष २ गते ७:१३

काठमाडाैं । कतार विश्वकप फुटबल -२०२२ को ६३औं खेलका रुपमा आज शनिबार तेस्रो स्थानका लागि मोरक्को तथा क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।
सेमिफाइनलमा पराजित यी दुबै टिमको खेल आज पुस २ गते शनिबार राति ८ : ४५ बजे खेलाइने निर्धारित कार्यक्रम छ । क्रोएसिया पहिलो सेमिफाइनलमा अर्जेन्टिना सँग ३-० ले पराजित भएको थियो भने अर्को सेमिफाइनलमा मोरक्को फ्रान्स सँग २-० ले निरास भएको थियो ।
क्रोएसिया यो बिश्वकपको साबिक उप – बिजेता थियो भने मोरक्को अबिस्वास्निय खेल प्रदर्शन गर्दै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी मुलुक हो । यो विश्वकपको फाइनल भोलि पुस ३ गते आइतबार साँझ ८:४५ बजे हुनेछ । यो खेल चालू विश्वकपको ६४ औं तथा अन्तिम खेल हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया