बिहीबार, जेठ २, २०८२

विश्वकपको फाइनलमा पोल्याण्डका रेफ्री

नेपालखोज २०७९ पुष ३ गते १४:००

काठमाडाैं । फिफा विश्वकप फुटबल-२०२२ को आज आइतबार हुने फाईनल खेल पोल्याण्डका साईमेन मार्सिनीयाकले खेलाउने भएका छन् । फाईनल खेल कतारको लुसेल स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजेबाट सुरु हुँदैछ ।

मार्सिनीयाकले डेनमार्क र फ्रान्सबीचको समूह चरणको खेलमा रेफ्रीको भुमिका निर्वाह गरेका थिए । यसैगरी प्रिक्वाटरफाईनलमा उनले अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल खेलाएका थिए । मार्सिनियाकलाई पोल्याण्डकै पावेल सोकोल्निच्की र टोमास्ज लिस्त्कीविच्जले असिस्टेन्ट रेफ्रीका रुपमा साथ दिनेछन् ।

प्रतिक्रिया