समृद्धि फाइनान्सद्वारा इटहरीमा न्यानो लुगा वितरण

काठमाडौं । समृद्धि फाइनान्सले आईतबार इटहरीमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले इटहरी वडा न. ८ मा रहेको ॐ श्री पिपलबोटे खूल्ला विधालयका एक जना शिक्षक र २५ जना विधार्थीहरुलाई न्यानो लुगा वितरण गरेको हो ।
फाईनान्सका इटहरी मु.शाखा प्रमुख जनक पोखरेल र इटहरी वडा न. ६ वडा अध्यक्ष दिवस पोखरेलको उपस्तिथिमा ज्याकेट वितरण गरिएको फाईनान्सका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।
करीब २५ वर्ष अघिदेखी न्यून आयश्रोत भएका परिवारका केटाकेटीहरुलाई भेला पारी बिहानको समयमा एक देखी दुई घण्टासम्म खोला किनारमा पिपलको बोटमुनी त्रिपाल तथा म्याट ओछ्याएर एक शिक्षक चन्द्र भण्डारीले पढाउँदै आएको विधालय हो ॐ श्री पिपलबोटे खूल्ला विधालय, हाल त्यहाँ विभिन्न सरकारी विधालयमा अध्ययन गर्ने र नगर्ने समेत गरी कक्षा एक देखी सात सम्मका २५ जना विधार्थीहरु अध्ययन गर्छन् ।
फाइनान्सले मंसिर २८ गते बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक बिधालयका २६ जना बिधार्थीहरुलाई न्यानो लुगा वितरण गरेको थियो भने मंसिर २९ गते जनकपुरमा वडा न. ८ मा रहेको जानकी बृद्धा आश्रममा २० जना बृद्धबृद्धालाई कम्बल वितरण गरेको थियो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ । फाइनान्सले हाल आठ वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया