जालपा देवी सेवा समाजको साधारणसभा सम्पन्न

काठमाडौं । अछाम जिल्ला स्थित बान्निगढी गाउंपालिका वडा नं. ५ (साविकको कालिका गा.वि.स) थात थलो भइ विभिन्न स्थानमा बस्ने व्यक्तिहरुबीच हार्दिकता, एकता र पारस्परिक सहयोग र जन्म स्थानका लागि समाज सेवा गर्ने उद्देश्यले स्थापना भएको श्री जालपा देवी सेवा समाज काठमाडौंको प्रथम साधारण सभा मिति २०७९ पौष २ गते शनिवारको कोटेश्वर तिनकुने स्थित नवज्योती बोर्डिङ स्कुलमा सम्पन्न भएको छ ।
मिट्टु बहादुर रावल को नेतृत्वमा ११ सदस्यको नयाँ कार्य समिति निर्वाचित भएको छ जसमा उपाध्यक्ष्य हर्क बहादुर रावल, सचिव मा भरत रावल, सह सचिवमा तारा रावल, कोषाध्यक्ष्यमा राम बहादुर रावल र सदस्यहरुमा शिव राज ढुगांना, धर्म राज शाही, कुमारी शकुन्तला रावल, निर्मला रावल, धर्म रावल र लक्ष्मण साउद छन् । २०६५ साल वैशाखमा यो व्यस्त शहरमा आपसी दाजु भाइको जमघट र मेलमिलाप गर्ने उद्धेश्यले यसका संस्थापक अध्यक्ष्य स्व. टंक बहादुर रावलको पहलमा सुरु भएको त्यस पछि हिक्मत बहादुर रावल, दान बहादुर रावल, राम बहादुर रावलको नेतृत्व मा कार्यसमितीले विभिन्न काम गर्दै आईरहेको थियो ।
वि.सं. २०७८ पौष ३ गतेको चावहिल मा भएको साधारण सभा ले कृष्ण बहादुर रावलको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो र यसै कार्यसमितिले ९ सदस्य तदर्थ समिति गठन गरेर वैधानिक रुपमा दर्ता गरि सञ्चालन गर्ने निर्णय भएबमोजिम काठमाण्डौ महानगर पालिका वडा नं. २९ मा केन्द्रिय कार्यालय रहने गरि २०७९ श्रावण २३ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौ गैह नाफामुलक संस्थाका रुपमा दर्ता भएको थियो ।

प्रतिक्रिया