बिहीबार, जेठ २, २०८२

आगामी फिफा विश्वकप तीन देशमा, ११ अर्ब डलर संकलनको लक्ष्य

नेपालखोज २०७९ पुष ४ गते ७:०६

काठमाडाैं । २०२२ फिफा विश्वकप समाप्ति पछि अर्को फिफा विश्वकप फुटबल प्रतियोगिता निकै अनौठो हुनेछ । किनभने यो एक देशमा नभई तीन देशमा खेलिनेछ। हो, अर्को फिफा विश्वकप उत्तर अमेरिकामा हुँदैछ र अमेरिका, क्यानाडा तथा मेक्सिकोका १६ सहरले फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता आयोजना गर्दैछन् ।

२०२६ को विश्वकप आयोजना गर्न यि तीन देशको संयुक्त बोलीले २०१८ मै मोरक्कोको बोलीलाई पराजित गरेको थियो । सन् १९९४ को विश्वकप आयोजना गरेपछि अमेरिकाले विश्वकप फुटबल प्रतियोगिता आयोजना गरेको यो दोस्रो अबसर हुनेछ । यो क्यानाडाका लागि पहिलो आयोजना हुनेछ भने मेक्सिकोले कीर्तिमानी तेस्रो पटक विश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्नेछ। मेक्सिकोले सन् १९७० तथा १९८६ को विश्वकप आयोजना गरेको थियो ।

होस्ट सिटी र स्टेडियम : संयुक्त राज्य अमेरिका : ११ शहर – एटलान्टा : मर्सिडीज बेन्ज स्टेडियम (क्षमता ७५,०००) , बोस्टन : जिलेट स्टेडियम (क्षमता ७०,०००) , डलास : एटि एन्ड टि स्टेडियम (क्षमता ९२,९६७) , ह्युस्टन : एनआरजी स्टेडियम (क्षमता ७२,२२०) , कन्सास सिटी : एरोहेड स्टेडियम (क्षमता ७६,६४०) ,लस एन्जलस : सोफी स्टेडियम (क्षमता ७०,०००) – मियामी : हार्ड रक स्टेडियम (क्षमता ६७,५१८ ) , न्यूयोर्क/न्यू जर्सी : मेटलाइफ स्टेडियम (क्षमता ८७,१५७) , फिलाडेल्फिया : लिंकन फाइनान्सियल फिल्ड (क्षमता ६९,३२८) , सान फ्रान्सिस्को/बे एरिया : लेभिस स्टेडियम (क्षमता ७०,९०९) , सिएटल : लुमेन फिल्ड (क्षमता ६९, ०००) मेक्सिको : ३ शहर , Guadalajara: Estadio Akron (क्षमता ४८०७१) – मेक्सिको सिटी : Estadio Azteca (क्षमता ८७,५२३) , Monterey: Estadio BBVA (क्षमता ५३,४६०) क्यानाडा : २ शहर , टोरन्टो : बिएमओ स्टेडियम (क्षमता ४५ , ५०० ) , भ्यानकुभर : बिसि स्टेडियम (क्षमता ५४,५००) । फिफाको वेबसाइटका अनुसार अहिले यो विश्वकपको टिकट बिक्री भने सुरु भएको छैन ।

२०२६ को विश्वकप बिड कागजात अनुसार २०२५ मा टिकट बिक्री सुरु हुनेछ। कतार २०२२ प्रतियोगिता सुरु हुनुभन्दा १० महिनाअघि मात्र यसको (जनवरीमा) टिकट बिक्री सुरु भएको थियो । २०१७ मा फिफाले २०२६ को विश्वकपमा सहभागी मुलुकको संख्या ३२ बाट बढाएर ४८ पुर्याउने निर्णय गरिसकेको छ । यसमा प्रत्येक समूहका शीर्ष दुई देसले ३२ को राउण्डमा पुग्ने गरी प्रत्येक तीनको १६ समूहमा प्रतिस्पर्धा गर्नेछन्। २०२६ को विश्वकप ग्रीष्म ऋतुमा हुने सम्भावना छ। यो जुन देखि जुलाई सम्म सम्भव हुनेछ, जुन विश्वकप आयोजनाको नियमित महिना पनि हो । कतारको चरम गर्मीका कारण फिफाले २०२२ को विश्वकप नोभेम्बर र डिसेम्बरमा सारेको हो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को उत्तरी अमेरिकामा हुने विश्वकपबाट ११ अर्ब डलर (करिब ९०९ अर्ब ७७ करोड रुपैयाँ) राजस्व पाउने अपेक्षा गरिएको छ । समाचार एजेन्सी एपीका अनुसार उक्त विश्वकपमा ४८ देसले भाग लिनेछन् । यसबिच फिफा काउन्सिलमा प्रस्तुत गरिएको चार वर्षे बजेट करिब ५० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यो वृद्धि मुख्यतया पुरुष विश्वकपको प्रसारण अधिकार र प्रायोजन सम्झौताका कारण हुनेछ । गत महिना कतारले सन् २०१९ देखि २०२२ सम्मको व्यापार चक्रका लागि ७.५ अर्ब डलर (करिब रु ६२० अर्ब ३० करोड) राजस्व घोषणा गरेको थियो, जुन अनुमान गरिएको बजेटभन्दा एक अर्ब डलर (करिब रु २९० अर्ब) बढी हो ।

प्रतिक्रिया