ओलम्पिकमा क्रिकेट समावेश हुने

काठमाडाैं । क्रिकेट ओलम्पिकको हिस्सा नभएकोमा धेरैलाई दुःख छ । क्रिकेट लामो खेल भएकाले यसको निर्णय पनि लामो समयपछि आउँछ त्यसैले यसलाई ओलम्पिकमा समावेश गरिदैन । यसबीच सन् २०२८ मा हुने ओलम्पिकमा ६ देशबीच क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सिफारिस गरिएको खबर आइरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पुरुष र महिला दुवै समुहको प्रतियोगिताका लागि यस्तो सिफारिस गरेको हो ।
क्रिकेट लस एन्जलसमा खेलाइनेछ : आगामी ओलम्पिक सन् २०२८ मा लस एन्जलसमा आयोजित हुँदैछ । आईसीसीले यस पटकको ओलम्पिकमा क्रिकेट समावेश गर्न सक्दो प्रयास गरिरहेको छ । टेलिग्राफ नामक वेबसाइटको एक रिपोर्टमा भनिएको छ, ‘आईसीसीले ओलम्पिकमा पुरुष र महिलाका ६ – ६ वटा टिमबीचको प्रतियोगिता समावेश गर्न सिफारिस गरेको छ । टी–२० ढाँचामा खेलिने यो प्रतियोगितामा सहभागि हुने देस शीर्ष वरीयताका आधारमा छानिने छन ।
प्रतियोगिताको ढाँचा : ओलम्पिकले साना खेललाई स्थान दिने भएकाले क्रिकेटको ढाँचा पनि सानो बनाउनुपर्छ । आईसीसीको वरीयता अनुसार ओलम्पिकमा शीर्ष ६ देसलाई मात्रै सहभागी बनाइने छ । यी ६ देसलाई ३–३ को समूहमा विभाजन गरिनेछ र त्यसपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्ने मौका पाउनेछन् । सेमिफाइनलको विजेताले फाइनल खेल्नेछन र सोही अनुसार स्वर्ण र रजतको टुंगो लाग्नेछ ।
क्रिकेट सन् १९०० मा ओलम्पिकको हिस्सा थियो : यसअघि पनि क्रिकेट ओलम्पिकको हिस्सा बनिसकेको छ । सन् १९०० को ओलम्पिक पेरिसमा भएको थियो जहाँ क्रिकेटलाई समावेश गरिएको थियो। ओलम्पिकमा क्रिकेट समावेश गरिएको यो नै पहिलो र अन्तिम अबसर थियो । उक्त ओलम्पिकमा संचालित क्रिकेट प्रतियोगितामा फ्रान्स र बेलायतले मात्र भाग लिएका थिए जसमा बेलायतले स्वर्ण जित्यो भने फ्रान्सले रजत पदक जितेको थियो ।
प्रतिक्रिया