‘देशको भलोका लागि सन्तुलित रुपमा निष्पक्ष भएर काम गर्छु’

काठमाडाैं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज सिंहदरबारस्थित संसद् सचिवालयमा गई पदबहाली गर्नुभएको छ । ज्येष्ठ सदस्य राणाले बिहीबार प्रतिनिधिसभामा नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउनुहुने कार्यक्रम छ ।
पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको भलोका लागि सन्तुलित रुपमा निष्पक्ष भएर काम गर्ने बताए । बहुदलीय प्रजातान्त्रिक संसदीय शासन व्यवस्थालाई अघि बढाउन अभिभावकका रुपमा भूमिका निर्वाह गर्न लागिपर्ने ज्येष्ठ सदस्य राणाले जानकारी गराए । उनले आजै शीतल निवासस्थित राष्ट्रपति कार्यालय पुगेर शपथ ग्रहण गरेका थिए ।
प्रतिनिधिसभा बैठक सुरु भएर सभामुखको निर्वाचन नभएसम्म उहाँले सभाको कारबाही अघि बढाउने छन् । सभामुखको निर्वाचन भएपछि ज्येष्ठ सदस्यको अवधि समाप्त हुनेछ । ज्येष्ठ सदस्य राणाले बिहीबार अपराह्न १२:५ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउन महासचिव भरत गौतमले तयार पारेका प्रस्तावमा स्वीकृति दिएर आजैदेखि कार्य आरम्भ गरेका छन् ।
प्रतिक्रिया