जाडोमा चिसोले समात्दा गर्नुपर्ने उपचार तथा रोकथामका उपाय

हामीमध्ये धेरैजसोले सामान्य रुघाखोकीको सामना गरेको हुनुपर्छ । यद्यपि यसले कसैलाई बढी र कसैलाई कम कष्ट दिन्छ। सामान्य रुघाखोकी आफैंमा ठूलो रोग होइन, तर जब यो हुन्छ, यसले यति धेरै सताउँछ कि यतिबेला कुनै पनि काम राम्रो सँग गर्न सकिदैन । यो रोगमा बिरामीलाई दिनभर हाच्छ्युँ र खोकी लागिरहन्छ । चिसो मौसम सुरु हुनासाथ रुघाखोकीको लहर पनि सुरु हुन्छ ।
रुघाखोकी र फ्लु किन हुन्छ ? रुघाखोकी लाग्नेबित्तिकै यसको संक्रमण किन बढ्छ ? यसको उपचार के हो र यसबाट कसरी बच्ने ? किन हुन्छ सामान्य रुघाखोकी ? :
सामान्य रुघाखोकी सामान्यतया भाइरल संक्रमण हो । यदि वरपर कसैलाई रुघाखोकी लागेको छ भने यो भाइरस त्यहाँबाट आफुसम्म पुग्न सक्छ । यो द्रुत रूपमा फैलिने र मानिसहरूलाई संक्रमित गर्ने रोग हो। कम रोग प्रतिरोधात्मक क्षमता, एलर्जी, मौसमी फ्लू, सुख्खा हावा, इन्फ्लुएन्जा भाइरस जस्ता कारणले पनि यस्तो हुन सक्छ। जाडोमा किन बढ्छ रुघाखोकीको समस्या ? : जाडोमा प्रायः मानिसलाई चाँडै चिसोले समातेको वा ठण्डि – मर्की लाग्ने गरेको देखिन्छ। यसका केही कारणहरूमध्ये सफा हावाको कमी पनि एक हो ।
घरहरू सुख्खा हुनु चिसो मौसम आदि लाई समेत यसको कारक मानिएको छ । सुख्खा हावा अनि हाम्रो प्रतिरक्षा संयन्त्रमा कमजोरि यसका थप कारण हुन । बन्द घरमा सफा हावाको अभाव : जाडोमा धेरैजसो मानिस एउटै कोठामा एकअर्कासँग समय बिताउँछन् । बन्द घर भित्र कोठा तताउने प्रक्रियाका कारण सफा हावाको अभाव हुन्छ । शरीरको रक्षात्मक प्रतिक्रियाको कमी : तापक्रम घट्दै जाँदा हाम्रो नाक भित्रका भाइरस मार्ने कोशिकाहरूको प्रभाव कम हुन थाल्छ। छालाको सुरक्षाको कमी : जाडोमा हाम्रा रक्तनलीहरू परिधिबाट टाढा सरेर हाम्रो आन्तरिक अंगमा बढी रगत पुर्याउँछन जसले गर्दा हाम्रो छालाको सुरक्षामा पनि ह्रास आउँछ ।
सुख्खा हावा : हावा सुख्खा भएकाले नाकबाट सास फेर्दा त्यो हावाले नाकलाई सुक्खा बनाउँछ । सामान्य रुघाखोकीका लक्षणहरु के – के हुन् ? : चिसो लाग्ने भाइरसको सम्पर्कमा आएको एकदेखि तीन दिनपछि सामान्य रुघाखोकीका लक्षणहरू देखिन्छन् । यस्ता लक्षण प्रत्येक व्यक्तिमा एकअर्का भन्दा फरक हुन सक्छन ।
लक्षण :
• चिसो लाग्नु
• खोकी
• घाँटी दुख्नु
• ज्वरो आउनु
• शरीर दुख्नु
• टाउको दुख्नु
• सास फेर्न गाह्रो हुनु
• थकान ।
सामान्य रुघाखोकीको उपचार : धेरैजसो भाइरस आफैं समाप्त हुन्छन् । त्यसैले कुनै विशेष उपचारको आवश्यकता पर्दैन । लक्षणका आधारमा यसको उपचार गरिन्छ ।
उपचार :
• सामान्य रुघाखोकी लाग्दा बालबालिका, वृद्धवृद्धा र गम्भीर बिरामी भएका बिरामीको विशेष ख्याल राख्नुपर्छ ताकि उनीहरूले कुनै पनि जटिलताको सामना गर्नु नपरोस्।
• मधुमेह वा छाती रोगबाट पीडित व्यक्तिहरूले सामान्य रुघाखोकीको अवस्थामा डाक्टरसँग परामर्श गर्नुपर्छ।
• न्यानो लुगा लगाउनुपर्छ ।
• तातो तरल पदार्थ पिउनु लाभदायक हुन्छ ।
• धुम्रपान गर्नुहुँदैन ।
• वरपरको सरसफाई कायम राख्नुपर्छ ।
• चिसो वातावरणबाट टाढै बस्नुपर्छ ।
यसबाट कसरी जोगिने ? : सामान्य रुघाखोकीबाट जोगिन आफू र आफ्नो वरपर सफा राख्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।
• घर बाहिर निस्कँदा मास्क प्रयोग गर्नुपर्छ जसका कारण कीटाणुसँगै चिसो हावा नाकबाट शरीरमा प्रवेश गर्न पाउँदैन ।
• सामान्य रुघाखोकीबाट संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा रहनुपर्छ। • प्रत्येक वर्ष इन्फ्लुएन्जा खोप लिनुपर्छ । • कोठामा आर्द्रता कायम रहनुपर्छ ।
• न्याना लुगा लगाउनुपर्छ ।
• तातो तरल पदार्थ पिउनु उपयुक्त हुन्छ ।
• सिट्रस फलफूल खानुपर्छ ।
• सूप पिउनुपर्छ ।
• हेल्दी लाइफस्टाइल अपनाउनुपर्छ ।
• छाला सफा राख्नुपर्छ ।
साबधानी : स्वास्थ्य सम्बन्धी यो जानकारी परम्परागत मान्यता तथा आयुर्वेद आदिमा आधारित छ । मानिसको शारिरिक अवस्था र समय अनुसार माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्नसक्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्र भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्नु अघि अनिवार्य रुपमा स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।
प्रतिक्रिया