बिहीबार, जेठ २, २०८२

पेलेको अवस्था फेरि बिग्रियो, अस्पतालमा जीवनको लडाइँ गर्दै महान् फुटबलर

नेपालखोज २०७९ पुष ७ गते १३:२४

काठमाडाैं । महान फुटबलर पेलेको अवस्था नाजुक बन्दै गएको छ । ब्राजिलका महान फुटबलर पेले केही समयदेखि जीवन र मृत्युको लडाइँ लडिरहेका छन् । पेले क्यान्सरका बिरामी हुन् र उनको स्वास्थ्य केही महिनादेखि लगातार बिग्रँदै गएको छ । वास्तवमा उनको शरीरमा क्यान्सर बढेको छ र अहिले उनको स्वास्थ्य थप बिग्रँदै गएको छ ।

क्यान्सर र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका महान फुटबलर पेलेको स्वास्थ्य बिग्रँदै गएको र उनको क्यान्सर बढेको अनि मुटु र मिर्गौलामा समेत असर परेको चिकित्सकहरुले बताएका छन् । साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले एक विज्ञप्ति जारी गर्दै ८२ वर्षीय पेलेको क्यान्सर बढेको र उनको मृगौला र मुटुको समस्या पनि रहेको जनाएको छ।

विज्ञप्तिमा अस्पतालले तीन पटकको विश्वकप विजेताको कोभिड–१९ का कारण बढेको श्वासप्रश्वासको समस्याका सम्बन्धमा कुनै विवरण दिएको छैन । सेप्टेम्बर २०२१ मा उनको आन्द्राको ट्युमर हटाउन शल्यक्रिया गरिएको थियो। उनको अन्य अंगमा असर परेको हो कि होइन भन्ने बिषयमा न त अस्पतालले न परिवारले कुनै जानकारी दिएको छैन । पेलेकी छोरी केली नासिमेन्टोले महान फुटबलर क्रिसमसको समयमा अस्पतालमै रहने बताएकि छिन् । उनले इन्स्टाग्राममा आफ्नो पोस्टमा लेखेकि छिन्, हामीले डाक्टरहरूसँग मिलेर उनलाई अस्पतालमै राख्नु उपयुक्त हुने निर्णय गरेका छौं।

पेलेले ब्राजिलका लागि ७७ गोल गरेका थिए । हालै विश्वकपमा नेइमारले उनको राष्ट्रिय कीर्तिमानको बराबरी गरेका थिए ।

प्रतिक्रिया