आईपीएलको मिनी अक्सन आज
नेपालखोज
२०७९ पुष ८ गते ९:३७

काठमाडाैं । इन्डियन प्रिमियर लिग -२०२३ (आईपीएल ) को मिनी अक्सन आज शुक्रबार हुँदैछ । भारतको कोची सहरमा १६औँ संस्करणको अक्सन नेपाली समयअनुसार दिउँसो पौने ३ बजे प्रारम्भ हुनेछ ।
यो अक्सनका लागि २ सय ७३ भारतीय तथा १ सय ३२ विदेशी खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । ४ सय ५ खेलाडी मध्येबाट हरेक टिमले बढीमा २५ जना खेलाडी अनुबन्ध गर्न पाउने छन् भने विदेशी खेलाडीको हकमा बढीमा ८ जना राख्न पाउने ब्यबस्था छ ।
सनराइजर्स हैदराबाद यस पटकको अक्सनमा सर्वाधिक खर्च गर्न पाउने टिम हो । यो अक्सनका लागि हैदराबादसँग साढे ६७ करोड रुपैयाँ छ ।
सम्बन्धित
प्रतिक्रिया