अब जवाफ दिनेछ ‘च्याट जिपिटी’ले

काठमाडाैं । ओपन एआई कम्पनीले विकास गरेको ‘च्याटबट’ ३० नोभेम्बरमा सार्वजनिक भए पछि च्याट-जीपीटी अहिले विश्वभर चर्चामा छ ।
च्याट-जीपीटीको विकासकर्ता ‘ओपन एआई’ प्रविधि क्षेत्रमा कार्यरत इलन मस्क, इल्या सट्टेभर, जर्ज ब्रोकम्यान र कम्युटर इन्जिनियर साम अल्टम्यानको कम्पनी हो जसले मेसिन थिंकिङसँग सम्बन्धित ड्याल–ई र ड्याल–ई २ प्रविधि विश्वमाझ ल्याएको थियो । त्यसमा मानिसले दिएको निर्देशनअनुसार सोचे अनुरुपको मौलिक चित्र बनाउन सक्ने फिचर छ ।
अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को एआई च्याटबट ‘च्याटजीपीटी’ का प्रयोगकर्ताहरुको संख्या द्रुतगतिमा बढिहरहेको छ । यसले आफुले अनुरोध गरे पछि रोमान्टिकदेखि सबै खालका कविताहरु लेख्नेदेखि असाइनमेन्ट पुरा गर्न तथ्य खोज्नेसम्म काम गर्नसक्छ । आफ्नो इमेल र फोन नम्बरमा प्राप्त हुने ओटीपी कोडबाट सजिलै साइनअप गरेपछि यसलाई चलाउन सकिन्छ ।
यही कम्पनीले तीन हप्ताअघि च्याट-जीपीटीको प्रारम्भिक रुप अर्थात प्रोटोटाइप सार्वजनिक गरेको थियो । यो प्रविधिले च्याटबटकै रुपमा निबन्ध र नाटकहरु लेख्नेदेखि व्यक्तिगत विवरण (सीभी)सम्म बनाउन सक्छ । यसले धेरै कुरा सामान्य मानिसले लेखे जस्तै लेख्छ । आफूले सोधेको र मागेको कुनै पनि विषयका सूचना र जानकारी खाजेर रचनात्मक ढंगले पस्किन्छ । यसले हरेक पटक ओरिजिनल कन्टेन्ट बनाएर आफुलाई सन्तुष्ट बनाउने प्रयास गर्छ ।
मान्छेले सोध्ने प्रश्नको सटिक र रोचक जवाफ दिनु नै यसको विशेषता हो । यसले रेडियो र टेलिभिजनका स्क्रिप्ट लेख्नेदेखि कम्प्युटर प्रोग्राम (कोड) समेत लेख्न सक्छ । यसले घरपरिवार र साथीभाइलाई पठाउन सकिने सन्देश समेत लेखिदिन सक्छ । यसले चिया कफीदेखि परिकार बनाउने तरिकासमेत बताइदिन सक्छ ।
च्याट-जीपीटी कुराकानीमा आधारित संवाद मोडेल (च्याटबट) हो, जसले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् मेसिन थिंकिङको सहायताबाट विस्तृत रुपमा टेक्स्ट लेखेर प्रश्नहरुको जवाफ दिन दिन्छ ।
यसलाइ यसरी विकसित गरिएको छ कि हामीले मान्छेसँग कुराकानी गरेजस्तै गरि यसबाट आफ्ना प्रश्नहरुको जवाफ पाउन सक्छौं । यो च्याट-जीपीटी कम्प्युटर प्रोग्रामिङ/कोडिङ, टिभी स्क्रिप्ट लेख्न र जटिल वैज्ञानिक अवधारणाहरु व्याख्या गर्न सक्षम छ । इन्टरनेटसहित विभिन्न स्रोतबाट संकलन भएका अरबौं डाटा दिएर यसलाई उत्तर दिनसक्ने बनाइएको हुन्छ ।
भविष्यको प्रभावकारी प्रविधि : च्याट-जीपीटीका सीमाहरु भएपनि यो मेसिन लर्निङ भएकाले मानिससँग अन्तरक्रिया गर्दा समयसँगै अझ राम्रो हुँदै जाने अपेक्षा गरिएको छ । यसले कम्प्युटर प्रोग्रामिङलाई पनि सहज बनाउनेछ । आधारभूत कोडिङको ठूलो हिस्सा अब एआईको सहयोगमा सहज रुपमा गर्न सकिने भएको छ ।
भविष्यमा यो प्रविधिको प्रभाव शिक्षा क्षेत्रमा देखिने छ । अलमलिएका विद्यार्थीले जब च्याट-जीपीटीमा प्रश्न गर्नेछन्, उनीहरुले धेरै कुराको सहज उत्तर पाउनेछन् । अहिलेसम्म गुगलजस्ता सर्च इन्जिनले शिक्षकहरुलाई चुनौती दिएका थिए भने अब च्याट-जीपीटी नै व्यक्तिगत शिक्षक बन्नसक्छ, जो सँधै विद्यार्थीसामु उपस्थित हुन्छ ।
यो च्याटबटले उपलब्ध सबै जानकारीको आधारमा निष्कर्ष निकाल्न सक्छ । यसले तथ्यसहित मानिसहरुले दिने भन्दा बलियो तर्क पेश गर्न सक्छ । यसका कारण कतिपय क्षेत्रमा बिध्यमान हालको कार्यशैली परिवर्तन गर्नुपर्ने हुनसक्छ । महामारीविद् आन्द्रे रिबास भन्छन्, ‘यदि विश्वव्यापी परिप्रेक्ष्यमा हेर्ने हो भने, अझै पनि धेरै देशहरू खोपमा धेरै पछाडि छन् ।’
हाइटी जस्तो देशमा जनसंख्याको २ प्रतिशतले मात्र खोपको प्रारम्भिक डोज पाएका छन्। यसबाहेक अल्जेरियामा १५ प्रतिशत , मालीमा १२ प्रतिशत, कंगोमा ४प्रतिशत र यमनमा २ प्रतिशतले मात्र खोपको डोज पाएका छन् । यस बिषयमा चिन्ता व्यक्त गर्दै डा . इसाबेल भन्छिन्, ‘यो चिन्ताजनक कुरा हो किनभने धेरै मानिसमा संक्रमण फैलिएपछि भाइरसको थप घातक प्रकारको जोखिम बढ्छ।’
न्युज एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया