कोरोना विरुद्ध लडन तयार हुनुहोस्

काठमाडाैं । वर्ष – २०२२ को अन्तिम महिना त्रासदिपुर्ण भएको छ । चीनमा जसरी कोरोनाको प्रकोप देखिन थालेको छ त्यस बाट नेपाल लगायत सारा विश्व त्रसित भएको छ ।
नयाँ वर्ष (नयाँ वर्ष २०२३) को आगमनको उत्सव मनाउने तयारीमा भएका मानिसहरु अहिले कोरोनाको नयाँ सबभेरियन्टका कारण चिन्तामा छन् भने चीन –जापानलगायतका कतिपय देशमा बीएफ.७ भेरियन्टका कारण अवस्था बिग्रदै गएको छ ।
यद्यपि नेपालमा यो नयाँ सबभेरियन्ट देखा परेको छैन भन्ने सरकारि सुचना छ तर यसमा सानोतिनो लापरवाहीले पनि स्थिति बिगार्न सक्छ र फेरि लकडाउन लगाउनुपर्ने अवस्था सृजना हुन सक्छ । हामी आफैले पनि केहि नियमहरू पालना गरेर यो हत्यारा भाइरसलाई आफूबाट टाढा राख्न सक्छौं ।
सन् २०२३ मा फेरि मास्क सँग : नेपालमा कोरोनाका केसहरू घट्नुको कारण मानिसको कडा प्रतिरोधात्मक क्षमता तथा खोप हो। यसका बाबजुद पनि हामीले केहि नियमहरू पालना गर्नुपर्छ। यी नियमहरू मध्ये एक सार्वजनिक स्थानमा मास्क लगाउनु हो । कोरोना संक्रमितको संख्यामा कमी आएपछि मानिसहरु मास्क बिना घर बाहिर निस्कन थालेका छन् । सन् २०२३ का लागि हामिले संकल्प लिनुपर्छ कि हामि जहाँ जान्छौं मास्क अनिवार्य रुपमा लगाउनेछौं ।
सामाजिक दूरीलाई अर्को हतियार : यदि कोरोनालाई हराउन चाहने हो भने एक अर्काबिच दूरी कायम राख्नुपर्छ। बजार, रेष्टुरेन्ट वा पार्कमा कतै गइदैछ भने दुई गजको दुरी अवश्य राख्नुपर्छ । यो दूरीले आफुलाइ त कोरोनाबाट टाढा राख्छ नै देशको अवस्था पनि बिग्रन दिदैन ।
सरसफाइ : कोरोनाले हामी सबैलाई सरसफाइको पाठ सिकाएकै छ । घरमा प्रवेश गरेपछि हामि साबुनपानीले हात धुन्छौँ वा सेनिटाइज गर्छौ कि छोडि सक्नु भयो ? कोरोना संक्रमण घटेपछि कतिपय मानिसहरुले यसमा लापरवाहि देखाएछन् । आफ्नो हात धुने वा सेनिटाइज गर्ने कुरालाई जीवन शैली बनाउनु पर्छ त्यसैले अब फेरि एक पटक आफ्नो झोलामा सेनिटाइजरको बोतल राख्नुहोस् । भीडभाड हुने ठाउँहरूलाई बेवास्ता गर्नुहोस् । सरकारले कुनै नियम नबनाएसम्म बेपरवाह हुनुभन्दा समयमै नियम अनुसार चल्नु बुद्धिमानि हुनेछ ।
खोप : नेपालमा खोपको काम निकै राम्रो सँग भएको छ । लगभग ९५ प्रतिशत जनताले खोप पाएको सरकारको तथ्यांक छ । यसमा कतिपयले बुस्टर डोज पनि पाएका छन । यदि कोरोनाको खोप लगाउनुभएको छैन भने चाडैं खोप लगाउनुहोस जसलाई बुस्टर डोजको आवश्यकता छ उनिहरुले बुस्टर डोज पनि लगानुपर्छ।
स्वास्थ्य समस्यालाई बेवास्ता नगर्नुहोस् :
यदि लामो समयसम्म श्वासप्रश्वास, खोकी र घाँटी दुख्ने समस्या कायम रह्यो भने अनिवाॠ रुपमा चिकित्सकलाई देखाउनुहोस् ।
अन्तर्राष्ट्रिय यात्राबाट जोगिनु उचित : यद्यपि अहिले हाम्रो देशमा कोरोनाका केस कम छन् तर हाम्रो छिमेकी चिन देखि निकट मित्र रास्ट्र जापान तथा कोरिया लगायत कतिपय देसमा कोरोना फैलिने क्रम बढिरहेको छ । यस्तो अवस्थामा यदि अन्तर्राष्ट्रिय यात्रा त्यति महत्त्वपूर्ण छैन भने त्यसलाई टार्न सकिन्छ ।
आफ्नो देश , देसबासि तथा आफूलाई कोरोनाबाट मुक्त राख्न कडा सावधानी तथा विधिको कडाईका साथ पालना गर्नु अत्यन्त जरुरी छ ।
प्रतिक्रिया