बाथका रोगीले अपनाउनुपर्ने साबधानी

बाथ दुःखाईसँग सम्बन्धित रोग हो । सबै उमेर समूहका व्यक्तिलाई जुनसुकै समयमा पनि बाथ हुनसक्ने भए पनि जाडोको समयमा यसको असर र दुखाई निकै बढी हुन्छ । बाथ आफैंमा चाहिँ चिसोबाट हुने रोग होइन । यो शरीरका भित्री भागबाटै उत्पती हुने अटो इम्युनो रोग हो । यसले शरीरको प्रतिरोधात्मक क्षमतामा असर गर्छ ।
बाथले उत्पादन गर्ने एन्टिवडीले शरीरको बाहिरी र भित्री भागमा क्षति गर्छ । बाथ रोग बच्चा, युवा र बृद्ध जो सुकैलाई पनि जुनसुकै समयमा पनि हुन सक्छ । कतिपयलाई वंशाणुगत कारणले, केहीलाई विभिन्न संक्रामक रोगका कारणले र केहीलाई भने मेटावोलिक डिसअर्डरबाट पनि बाथ हुन्छ ।
हात तथा खुुट्टाका जोर्नी दुख्छ र सुन्निन्छ भने त्यो बाथ रोग पनि हुन सक्छ । चिकित्सकको सल्लाह अनुसारको औषधी सेवन गरेमा यो निको हुुन्छ । तर यदि बाथ बढाउने खालका खाना खाइएको छैन भने यसलाई नियन्त्रण गर्न सकिने अनुसन्धानमा पाइएको छ ।
बाथको लक्षणस्-जोर्नी दुख्ने तथा सुन्निने-अंगले काम गर्न समस्या हुने-रातो हुने । यी खानेकुरा खादै नखानुस्स्म दिरा र सूर्तिजन्य पदार्थस् हुन त मदिरा र सूर्तिजन्य पदार्थले स्वस्थ्य व्यक्तिको शरीरमा पनि हानिकारक र्पुयाउँछ । तर बाथका रोगीलाई यसले अझ बढि असर र्पुयाउँछ । यसले जोर्नी दुख्ने क्रम अझ बढाउँछ ।
फ्राइ गरेको या प्याकेटको खानास् फ्राइड मिट, चिस्याइएका तरकारीहरु जस्ता फ्राइ गरेको या प्याकेजिङ गरेका खानेकुुराहरु बाथ रोगी नखाँदा राम्रो । यसको ठाउँमा ताजा फलफूल तथा तरकारी खाएमा सुन्निने समस्या र दुखाई कम हुनमा सहयोग गर्छ।
बढी तताइएको खानास् बाथका रोगीहरुले बढी तताइएको खाना खान नहुने एक अध्ययनले देखाएको छ । यस्ता खानाले पनि बाथको समस्या बढाउँन सक्छ।
चिनीस् गुलियो पदार्थ बढी खानाले बाथ प्रभावित अंग सुन्निन सक्छ । आवश्यकताभन्दा बढी खानाले जुनसुकै खाद्यपदार्थले पनि असर गर्न सक्छन्, चाहे त्यो नुन होस् या चिनी । यसैले आफ्नो डाइटमा केक, सोडा, चकलेट, मैदाजन्य पदार्थ समावेश गर्नुहुन्न ।
दुग्धजन्य पदार्थस् बाथका रोगीका लागि दुग्धजन्य पदार्थ बिलकुल हानिकारक मानिन्छ । अनुसन्धानका अनुसार दुग्धजन्य पदार्थमा त्यस्तो प्रोटिन पाइन्छ, जसले जोर्नीको दुखाईलाई झन् बढाउँछ । यस्तो अवस्थामा शरीरमा प्रोटिनको कमी हुन नदिन पालुंगो, तोफु, सीमी, दाल बढी खानुपर्छ ।
प्रतिक्रिया