मंगलबार, जेठ ८, २०८१

लोक स्टार-२ पुष १९ देखि

नेपालखोज २०७९ पुष १० गते ८:१८

काठमाडौं । लोक गायनमा आधारित रियालिटी शो ‘हिमालय लोक स्टार नेपाल’को दोस्रो सिजन पुस १९ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । निर्णायकद्धय ज्योति मगर र कुलेन्द्र विश्वकर्माले मिति सार्वजनिक गरेका हुन् ।

जसअनुसार हरेक मङ्गलवार र बुधबार राति ८ बजे उक्त रियालिटि गायन प्रतियोगिता प्रसारण हुनेछ । शोको निर्णायकमा कुलेन्द्र र ज्योतिसहित लोकगायक कुमार बस्नेत तथा रामजी खाँड पनि छन् ।

नेपाल लोक स्टार–२ का विजेताला‌इ २० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने हिमालय टेलिभिजनले जनाएको छ । शोको सङ्गीत निर्देशकमा सङ्गीतकार तथा एरेन्जर आशिष अविरल छन् भने कार्यक्रमको होस्ट तथा ब्राण्ड आइकनमा प्रकाश सपुत छन् ।

प्रतिक्रिया