बालबालिकालाई सान्ता क्लज नबनाउन चेतावनी

नेपालखोज २०७९ पुष १० गते १०:२१

काठमाडौं । क्रिसमसको पर्व विश्वभर हर्षोल्लासका साथ मनाइन्छ तर मध्य भारतमा रहेको विश्व हिन्दू परिषद (विहिप) ले आफ्नो क्षेत्रका सबै विद्यालयलाई हिन्दू बालबालिकालाई सान्ता क्लज नबनाउन चेतावनी दिएको छ । यदि कुनै विद्यालयले त्यस्तो गरे काउन्सिलले कानुनी कारबाही गर्ने उनले बताए ।

विश्व हिन्दू परिषद् मध्य भारत प्रदेशका प्रचार प्रमुख जितेन्द्र चौहानले एक विज्ञप्ति जारी गर्दै परीषदका सबै विद्यालयमा सनातन हिन्दू धर्म र परम्परामा आस्था राख्ने विद्यार्थीले विद्यालयमा हुने क्रिसमस कार्यक्रममा सान्ता क्लज बनाएर क्रिसमस ट्री ल्याउन समेत आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ । यो हाम्रो हिन्दू संस्कृतिमाथि प्रहार हो-विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा हिन्दू बालबालिकालाई इसाई धर्म तर्फ प्रेरित गर्ने षड्यन्त्र भएको र यस्तो लुगा वा रुख ल्याएर अभिभावकलाई आर्थिक नोक्सान समेत गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा विद्यालयहरुले हिन्दू बालबालिकालाई सन्ता बनाएर इसाई धर्मप्रति आस्था जगाउने काम गरिरहेको छ कि भनेर प्रश्न उठाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा हिन्दू सन्तान राम, कृष्ण, बुद्ध, गौतम, महावीर, गुरु गोविन्द सिंह बन्नु पर्छ, हिन्दू बालबालिका क्रान्तिकारी बन्छन्, महापुरुष बन्छन् तर सान्ता (सान्ता क्लज) बन्नु हुँदैन ।’

चौहानले विज्ञप्तिमा भनेका छन , त्यसैले अभिभावकको अनुमतिबिना हिन्दू बालबालिकालाई सान्ता क्लज नबनाउन सबै विद्यालयहरूलाई अनुरोध गरिन्छ र यदि कुनै विद्यालयले त्यसो गरेमा विश्व हिन्दू परिषदले उक्त विद्यालयलाई कानुनी कारबाही गर्नेछ।

प्रतिक्रिया