कांग्रेसको हातमा अब केही रहेन, प्रचण्डले गठबन्धन तोड्नुभयो : रामचन्द्र
नेपालखोज
२०७९ पुष १० गते १४:४८

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन टुटेको बताएका छन् । आइतबार बालुवाटारमा भएको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकपश्चात् उनले गठबन्धन अब कांग्रेसको हातमा नरहेको बताए ।
नेता पौडेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेको उल्लेख गरे ।
‘प्रचण्डले गठबन्धन तोडेर जानुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो,’ उनले भने, ‘अब हाम्रो हातमा केही बाँकी रहेन । अब गठबन्धन टुट्यो, हामी छलफलमा बस्दैनौँ भनेर प्रचण्ड बाहिरिनुभयो ।’ कांग्रेसको हातबाट सरकार बाहिर गएको उनको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया