जसपा अहिल्यै सरकारमा नजाने
नेपालखोज
२०७९ पुष १२ गते ८:२३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीले सरकारमा जाने कि नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिएको छ । पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले जसपा सरकारमा सहभागी हुने कि नहुने विषय तय गर्ने बताइएको छ ।
त्यसवेलासम्म पार्टीको संसदीय दलको नेता चयन पनि टुंगो लाग्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।
सरकारलाई समर्थन गरेकामध्ये तीन दल तत्काल सरकारमा सामेल नहुने भएका हुन् । राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि तत्काल सरकारमा सहभागी नहुने निर्णय गरिसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया