शनिबार, असार २१, २०८२

जापानमा भारी हिमपात, १७ जनाको मृत्यु (फोटोफिचर)

नेपालखोज २०७९ पुष १२ गते १८:००

काठमाडाैं । जापानमा गएको १० दिनयता भएको भारी हिमपातका कारण १७ जनाको मृत्यु भैसकेको छ भने ९० भन्दा बढी घाइते भएका छन् ।

धेरै मानिसहरु छतको हिउँ सफा गर्ने क्रममा लडेर वा हिउँमुनि दबिएर मरेका छन । हालैका दिनहरूमा जापानको पश्चिमी तटीय क्षेत्रहरूमा निकै हिउँ परेको बताइन्छ जसका कारण सयौं गाडी सडकमा अलपत्र परेका छन् ।

उत्तरपूर्वी जापानका धेरै क्षेत्रमा सामान्यभन्दा तीन गुणा बढी हिमपात भएको खबर छ । त्यहाँ क्रिसमसको दिन पनि खराब मौसमका कारण दर्जनौं रेल तथा उडानहरू रद्द गर्नुपरेको थियो। यद्यपि अबको केही दिनमा मौसममा सुधार आउने अनुमान छ।

प्रतिक्रिया