हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएकाे छ ।
आज दिउँसो प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ को हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।
त्यस्तै आज राति प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ को हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया