बिहीबार, जेठ २, २०८२

नेपाल टी-ट्वान्टी लिग : आज पनि २ वटा खेल हुँदै

नेपालखोज २०७९ पुष १३ गते ९:४७

काठमाडाैं । नेपाल टी २० लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि २ वटा खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९ बजे हुने  खेलमा लुम्बिनी अल स्टार्स र फारवेस्टर्न युनाइटेडबीच प्रतिस्पर्धा हुने छ ।

जारी प्रतियोगितामा लुम्बिनी अल स्टार्स लगातार ३ खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेको छ । आज पनि अपराजित यात्रा कायम राख्ने लक्ष्यमा लुम्बिनी रहँदा फारवेस्टन भने दोस्रो जितको खोजिमा हुने छ । फारवेस्टर्न चौथो स्थानमा रहेको छ ।

यसैगरी आजै दिउँसो १ बजे विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्स आमने सामने हुने छन् । दुवै टिम पहिलो जितको खोजिमा हुने छन् । विराटनगरले लगातार दुई खेलमा पराजय भोग्दा पोखराले पनि ३ खेल गुमाइसकेको छ ।

नेपाल क्रिकेट संघ क्यानको आजायोजनामा जारी प्रतियोगिताको विजेताले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख तेस्रो हुनेले १० लाख र चौथो हुने टिमले ५ लाख नगद प्राप्त गर्ने छ । 

प्रतिक्रिया