शुक्रबार, जेठ ४, २०८१

आउँदैछ तिन करोड भन्दा बढि पुरस्कारको दुई रियालिटी शो

नेपालखोज २०७९ पुष १३ गते १५:३२

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शोको घोषणा गरेको छ । काठमाडौंको होटल मेरियटमा आयोजित कार्यक्रममा ‘मेरो भ्वाइस युनिभर्स तथा मेरो डान्स युनिभर्स’को घोषणा गर्दै यसका आयोजकरुले बिजेतालाइ १-१ करोड नगद प्रदान गर्ने कुरा बताए भने दोस्रो तथा तेस्रो हुने ४ जनालाई जनहि ३० तथा २० लाख प्रदान गरिने बताए ।

नेपालमा आजसम्म यति ठूलो धनराशीको कुनै पनि रियालिटी शो आयोजना गरिएको छैन । ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा सुरेश अधिकारी, अन्जु पन्त, शिव परियार, पुष्पन प्रधान तथा सुजाता वर्मा रहने छन् भने ‘मेरो डान्स युनिभर्स’को निर्णायकमा मिथिला शर्मा, दिलिप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की तथा नरमन राई रहने छन ।

१६ बर्ष माथिका नेपाली भाषीहरुले भाग लिन पाउने यो प्रतिस्पर्धाका लागि इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर आफ्नो आवेदन दिन सकिने बताइएको छ । फाउन्डेशनले नेपाल बाहेक भुटान, भारत, हङकङ , म्यानमार, थाइल्याण्ड, अष्ट्रेलिया, क्यानाडा ,जापान , कोरिया , अमेरिका आदि नेपाली भाषी छरिएर रहेका देशबाट प्रतियोगितामा बृहत सहभागीता रहने अपेक्षा गरेको छ ।

‘मेरो डान्स कप र मेरो भ्वाइस कप यूएसए’को आयोजना गरिसकेको इन्ट्रा फाउन्डेशनले अब विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई समेटर आयोजना गर्न लागेको यी दुई रियालिटी शोले नेपाली मौलिकता एवं संकृतिको प्रबर्द्धन गर्ने दाबि गरेको छ ।

प्रतिक्रिया